संसारकै लामो पोखरादेखि मुक्तिनाथसम्म केवलकार बन्ने, ५५ अर्ब खर्च हुने अनुमान

काठमाडौँ । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ । सो प्रतिवेदन अनुासर कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१.०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पुरा पढ्नुहाेस्

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर

पुस १९,काठमाडौँ । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिंहदरबारमा सम्पन्न हस्ताक्षर नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

पुरा पढ्नुहाेस्

‘नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफलसम्म भएको छैन’: मन्त्रालय

पुस १,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । आइतबार नेपाल एयरलाइन्समा क्रियासिल ट्रेड युनियनलाई पत्र पठाउँदै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । साथै सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने समेत जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरु आन्दोलित छन् । आज आन्दोलनको १२ औं…

पुरा पढ्नुहाेस्

डोजरले निम्त्याएको डिजास्टर

कालीबहादुर थापा हुम्ला । मंसिर ३०, काठमाण्डौँ। पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाही समान ओसारपसार गर्ने गरिरहन्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । वातावरणिय प्रभाब मुल्यान नगरी आ आफ्नो प्रचारका निम्ती आँखाको सोरले र डोजर चालक तथा सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ…

पुरा पढ्नुहाेस्

मुग्लिन पोखरा सडक : डुम्रे–छिर्कने खण्ड तिहारअघि नै सक्ने गरी थालियो कालोपत्र

कार्तिक २०, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ । उनले भने, ‘यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ । सडक आवागमनलाई सहज बनाउन…

पुरा पढ्नुहाेस्

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ, पाँच वर्षअघि सकिनु पर्ने काम अझै अधुरै

कार्तिक २, म्याग्दी । पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार पुगेको छ । कुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको यो…

पुरा पढ्नुहाेस्

पटक–पटक म्याद थप्दा पनि नारायणगढ–बुटवल सडकको काम ४१ प्रतिशत मात्रै

असोज २५, काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक– पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।…

पुरा पढ्नुहाेस्

२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास

भाद्र २६,काठमाडौँ । २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन अहिलेसम्मकै ठूलो मेगावाट क्षमताको जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मन्त्री बस्नेतले काठमाण्डौमा आज मङ्गलवार आयोजित विशेष समारोहबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरे । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् ।

पुरा पढ्नुहाेस्

सरकारले एकवर्षमा आठ सय २० किमी सडक कालोपत्र गर्‍यो

साउन ३२,काठमाडौँ । सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । गएको वर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डास्मित भएको विभागले जनाएको छ । गएको वर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकोमा पाँच सय ३८ किमी सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध…

पुरा पढ्नुहाेस्

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’

साउन २२,काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ । चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो । आइतबार दिउँसोसम्म एक मिटर रेस्क्यु टनेलको काम बाँकी रहेकामा सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरियो । यो रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको छ । २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम अब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य टनेलमा अब ५ सय ६ मिटर खन्न बाँकी रहेको छ…

पुरा पढ्नुहाेस्