असार ७, काठमाण्डौ । प्रेमकर्ण छहारी फाउण्डेशनको आयोजना तथा मिडिया पार्टनरको संयोजनमा साहित्यकार निरु न्यौपानेको तीन कृति एकसाथ बिमोचन गरियो । लेखन कुञ्जमा एक भब्य कार्यक्रमको आयोजनाका बीच ‘’सिरानीको तस्विर ‘’ गजलसंग्रह, ‘’अर्को अध्याय ‘’ उपन्यास, का साथै हिसाब किताब नामक म्युजिक भिडियो एकसाथ लोकार्पण गरेर कृतिगत रुपमा उल्लेखनीय उपस्थिति जनाउने उदियमान गजलकार एवं उपन्यासकारको रुपमा परिचित भएकी छन् नीरु न्यौपाने । कार्यक्रम प्रा। डा। साबित्री कक्षपति को प्रमुख आतिथ्यता तथा प्रेमकर्ण छहारी फाउण्डेशनका अध्यक्ष रामशरण न्यौपानेको सभापतित्व एवं बिशेष अतिथि ललिजन रावल,एवं अतिथि समिक्षक साहित्यकार डा।रेणुका सोलु समालोचक डा।…
Read MoreCategory: साहित्य
महिलाहरूको कथा समेटिएको ‘म’ कथासंग्रह लोकार्पण
जेठ १५, काठमाण्डौ । महिलावादी लेखकहरूद्वारा लिखित म कथासंग्रह दोस्रो श्रृंखलाको लोकार्पण गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त कथासङ्ग्रहको लोकार्पण गरिएको हो । महिलावादी कथा श्रृंखला अन्तर्गत लुम तान नेपालले उक्त पुस्तक प्रकाशन गरेको हो । जसमा महिलावादी लेखकहरूका जीवन जिउने शैली र सङ्घर्ष समेटिएका छन् ।
Read Moreबरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन
जेठ ८, काठमाण्डौ । स्रष्टा डा खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो कृति शनिबार विमोचित भएको हो । शिखा बुक्स प्रालिले बजारमा ल्याएको यो पुस्तकको विमोचन प्रा डा जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा शोभाखर पराजुली, पूर्वसचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल र लेखक डा बरालले संयुक्त रूपमा गरेका थिए । प्रा डा आचार्यले डा बरालका निबन्धहरू विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु…
Read Moreकवि वसन्त श्रेष्ठको संस्मरण कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक
जेठ ८, काठमाण्डौ । कवि वसन्त श्रेष्ठको संस्मरण कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक गरिएको छ । शनिबार बागबजारस्थित होटल हार्दिकमा एक समारोहबीच वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले उक्त कृतिको विमोचन गरेका हुन् । कवि मणि लोहनीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले कृतिमाथि आफ्नो धारणा राखेका थिए ।
Read Moreर फेरि अन्तिममा भुइमा खसालेर के पाउनु भो ?
-सर्बहारा सर्जक सुजन बुढाथोकी -साथि आखिर मलाइ माथी उचालेर के पाउनु भो र फेरि अन्तिममा भुइमा खसालेर के पाउनु भो ? बरु भनेको भए मेरो चिताको उज्यालो दिन्थिए मेरो घर परिवारमा आगो बालेर के पाउनु भो आज हामिलाइ हजारौ शासकहरुले दास बनाए कसैले सोध्यो देश्मा राजतन्त्र फालेर के पाउनु भो ? गुलामी गर्न नसक्नु थियो होला गल्ति सायद मालिक उस्को सधाका लागि कामबाट निकालेर के पाउनु भो दागबत्ती छोड्नु अघि छोरो भनिरहेको थियो रुदै रुदै बुवा लुकाएर आज यति धेरै रोग पालेर के पाउनु भो ? यो सन्सारमा म जित्न…
Read Moreसाहित्य कला मन्दिरद्वारा स्रष्टा सम्मान कार्यक्रम
वैशाख २८, काठमाण्डौ । साहित्य कला मन्दिरको २८औं बार्षिकोत्सवको उपलक्षमा लुनाकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा साहित्य कला ,र संगीतको क्षेत्रमा बिशिष्ठ योगदानकर्ता हरुलाइ सम्मान कार्यक्रमको आयोजना गरिएको छ । साहित्यानुरागी तथा सफल ब्यवसायी बसन्त चौधरीको सभापतित्व तथा प्रा.डा. उषा ठाकुरको प्रमुख आतिथ्य एवं प्रा.डा.त्रिरत्न मानन्धर, तेजेश्वर बाबु ग्वंग:,न्हुच्छेबहादुर डंगोल,हरिहर शर्मा,डा.बिष्णुबिभु घिमिरे तथा डा.अस्मिता अर्याल को आतिथ्यतामा कमलपोखरी स्थित अग्रवाल सेवा सदनमा सम्पन्न गरिएको थियो । प्रमुख अतिथी द्वारा दीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा साहित्यकला मन्दिर का अध्यक्ष बसन्त चौधरीले उपस्थित सवैलाइ स्वागत मन्तव्य राखेका थिए…
Read Moreटौदहमा हाइकु यात्रा सम्पन्न
बैशाख २४,काठमाडौँ । नेपाल हाईकु केन्द्रको आयोजनमा टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न भएको छ ।वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टौदहमा आयोजित ‘ऋतुगत हाईकु यात्रा’ २० जना हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि बाचन समेत गरेका थिए । कार्यक्रमको शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले हाइकुको बिकास र विस्तार जापनबाट भएको भए पनि अहिले यसको विश्वब्यापी लोकप्रियता रहेको बताए। प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने…
Read Moreसप्रनेको वार्षिकोत्सव: कवितामा झुमे विभिन्न पुस्ताका कवि
बैशाख ४,काठमाडौँ । स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले विशेष काव्य प्रवाहमार्फत आफ्नो ९ औं वार्षिकोत्सव मनाएको छ । शनिवार बिहान काठमाडौंमा आयोजित काव्य प्रवाहमा विभिन्न पुस्ताका २५ कविहरूले आफ्ना कविताा सुनाएका थिए । नयाँ पुस्तादेखि पूराना पुस्ताका कविहरूले आफ्ना मायाप्रेम, देशभक्त, राजनीतिक अस्थिरता, काव्यिक जागरण जस्ता विषयवस्तुलाई केन्द्रमा राखेर कविता सुनाएका थिए । संयोग समिरको यो कवितासँगै कवि राजु झल्लु प्रसाद, रसिक राज, यात्री प्रकाश पाण्डे, रिमा केसी लगायत कविहरूले आआफ्नो कविता वाचन गरेर सुनाए । कवि पाण्डेले बाको सम्झना कवितामार्फत गर्दैगर्दा केसीले भने बलत्कारविरुद्ध आवाज वुलन्द पारेकी थिइन् । उनीहरूसँगै…
Read Moreसाहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र
-जयराम बिडारी चैत्र १३,रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा बरिष्ठ नाटककार अशेष मल्ल, बिशिष्ठ अतिथि साहित्यकार नगेन्द्रराज शर्मा एवं प्रा. डा.साबित्री कक्षपति एवं नगर प्रमुख रामचंद्र चौधरीको उपस्थितिमा चन्द्रनिगाहपुर स्थित ए एन प्लाजामा कार्यक्रमको आयोजन गरियो । सहीद प्रति सम्मान ब्यक्त गर्दै राष्ट्रीय गान आरम्भ गरेर प्रमुख अतिथी ले ब्यानर पढि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा साहित्य संजालकी सदस्य लक्ष्मी श्रेष्ठले उपस्थित सवैलाइ न्यानो…
Read Moreललतिपुर महानगरपालिकाद्धारा पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसर धूम्रपान निषेधित क्षेत्र घोषणा
फागुन २०,काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । आज शुक्रवार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाका कारण सफल हुन नसकेको बताए । उनले आजदेखि लागू हुने गरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धूम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिबानाबाट उठेको रकम क्यान्सर…
Read More