काठमाडौं,यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पत्रकार दाहालले २०६२ सालमा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् । पुरस्कार छनोटका लागि नेपाल पत्रकार…
Read MoreCategory: साहित्य
साहित्यकार खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक
कार्तिक २०, काठमाण्डौ । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरि?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय! हाम्रो चाला, के हो त ईश्वर?,असली हिरा के हो?,राधा, हा कृष्ण ! जस्ता ३९वटा भजन सङ्ग्रहित छन् । उनिद्वारा लिखित विभिन्न पाठ्यपुस्तक, वैभव लक्ष्मी, चालिसा सङ्ग्रह, एघार चालिसा सङ्ग्रह र आरती सङ्ग्रहका साथै सम्पादित तथा अनुवादित हनुमान चालिसा, विष्णु पुराण, श्रीमद्भागवतमहापुराण सङ्क्षिप्त, दुर्गा चालिसा, शिव चालिसा, लक्ष्मी चालिसा,…
Read Moreकुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुलाई
कार्तिक ७, काठमाण्डौ । मिति २०७९÷०७÷०६ मा भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी प्र.प्र.नि. श्री कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार माननीय गृह मन्त्री बालकृष्ण खाँणद्वारा प्रदान गरियो । उक्त पुरस्कार श्री कुलानन्द ठाकुरका दुई छोरा डा. चिरंजीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो । श्री कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम हुनुभएको थियो । साथै उहाँ भारतको बेलायतको तथा अमेरिकाको बाट तालिम लिनुहुने पहिलो प्रहरी अधिकृत पनि हुनुहुन्थ्यो ।…
Read Moreकवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण
कार्तिक ६, काठमाण्डौ । कवि अमृता स्मृतिको नयाँ कविताकृति नदीको तिर्खा लोकार्पण गरिएको छ । काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो । पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने,समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, जुन साँच्चै राम्रो छ । कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको…
Read Moreसाहित्यकार सीता भट्टराईको बाह्रौं कृति ‘’धराकर्षण’’ महाकाब्य बिमोचन
जयराम बिडारी आश्विन ३०,काठमाडौँ । ऐरावती प्रकाशन प्रा. लि को आयोजनामा नेपाली साहित्याकाशमा एक दर्जन कृति प्रस्तुत गरिसकेकी बरिष्ठ साहित्यकार सीता भट्टराईद्वारा सिर्जीत ‘’धराकर्षण’’ महाकाब्य लाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनिकिकरण तथा काब्य बिमर्ष गरियो । कवि तथा समालोचक प्रा। डा। रामप्रसाद ज्ञवालीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान सदस्य सचिव प्राज्ञ तथा दर्शनबिद् जगत् उपाध्यायको प्रमुख आतिथ्यमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव, प्रा।डा। हेमनाथ पौडेल , प्रा।डा। देवी नेपाल, साहित्यकार एवं साझा प्रकाशनका महाप्रबंधक प्रल्हाद पोखरेल , महाकाब्यकार चन्द्र प्रसाद न्यौपाने, समालोचक…
Read Moreशताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक !
आश्विन २४,काठमाडौँ । १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् उनको स्वास्थ्य अवस्था चिन्ताजनक भएको निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए। ‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ। गत आइतबार उनको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको छ र मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उनलाई आइसियूमा सारेर उपचार सुरू गरेको अस्पातलले जनाएको छ। उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार…
Read Moreमहाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत
आश्विन १४,काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ। करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो। महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो। निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ। सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ। महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ। चिजबिज दिनेकै नाममा अभिलेख राखिने…
Read Moreकविताः उसले भेट्यो टुकुचा
कविताः उसले भेट्यो टुकुचा एकादेशमा एउटा खोला हरायो अनि हामीलाई घोकाइयो, खै खोलो ? स्याप्पै सुक्यो तर, तर एकदिन एक जोगी आएर भने, म चमत्कार गर्छु, खोलो खोज्छु कस्ले पत्याउने ? खरानी धस्ने बेप्रवाही जोगीको गफ सबैको ओठ लेप्रिए उनै जोगी ध्यानमा बसे दुर दृष्टि लगाए अलिक पर सम्म हेरे आँकलन गरे सबैको मनमस्तिष्क पढे अनि निस्किए खोलोको खोजीमा । तल तल कतै खोलो सुसाइरहेछ आफ्नो उपस्थिति जनाउँन खोज्छ, आफनै मुख थुन्छ बेला बेलामा ताकि कसैले सुनोस् उसको पिडा तर मानिस वर्षालाई गाली गर्छन् कुकुर मु.. कति आउँन सक्छ भन्छन्,…
Read Moreकिताब जात्राको पाँचौं संस्करण हुँदै : मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने
काठमाण्डौ । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो । ‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । यो उत्साहका साथ मिस्टिक नेपाल अवधारणामा हामीले यसपालि किताब जात्राको प्रस्तुतिमै पनि विशेष तरिकाले विविधता…
Read Moreहृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित
भाद्र १९,धादिङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ (माझघरे) निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिवार सम्पन्न भेलाले राजकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरीएको हो ।संस्थाको उप–सभातिमा शान्त बिक्रम बाँनिया,उप–सभापतिमा डा।रामहरी रेग्मी,सचिवमा विष्णुलाल श्रेष्ठ, सह–सचिवमा डा।राम रिजाल र सह कोषाध्यक्षमा दिप सिंह ठकुरी निर्बाचित भएका छन् । यसैगरी सदस्यहरुमा उर्मीला श्रेष्ठ,गोगनमायाँ प्रधान,नारायणलाल श्रेष्ठ,बोध प्रसाद नेपाल र भेषराज खाँण ठकुरी निर्वाचित भएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका निर्वतमान सभापति कृष्णलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो भने…
Read More