नेपालमा उत्पादित पहिलो यात्री मोटरसाईकल यातायात कार्यालयमा दर्ता

जेठ २, काठमाडौँ । नेपालमा बनेको यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई समेत दर्ता गर्न मिल्नेगरी संशोधन गरेपछि यात्री मोटरसाइकल दर्ता भएको हो । यात्री मोटरसाइकल नेपालमा उत्पादन भएर दर्ता हुने पहिलो सवारी साधन समेत बनेको छ । गएको वर्षको मे १५ तारिखमा यात्रीले ग्राहकलाई पीवन मोटरसाइकल डेलिभर गरेपनि यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन । यात्रुलाई डेलिभर गरेको एक वर्षपछि बल्ल यात्री मोटरसाइकलको ब्लुबुक बनेर यातायात कार्यालयमा दर्ता भएको हो । यातायात व्यवस्था…

पुरा पढ्नुहाेस्

नगर विकास कोष धमाधम विकासे सम्झौता गर्दै ! एकैदिन तीन पालिकासंग ३८ करोड ४१ लाख बढिको ऋण सम्झौता

पुस 7, काठमाडौ । नगर विकास कोषले देशका विभिन्न नगरपालिकासंग विकासे सम्झौतालाई तिब्रता दिएको छ । सोही क्रममा बुधबारमात्रै कोषले तीन नगरपालिकासंग ऋण सम्झौता गरेको छ । सन्तुलित शहरी विकास आजको आवश्यकता भएसंगै नगर विकास कोषले बढी भन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप गुजरा नगरपालिकाको वडा नं. २ सिमरा भवानीपुरमा निर्माण हुने “गुजरा बहुउद्देशिय भवन आयोजना निर्माणका लागि  गुजरा नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक  कृष्ण प्रसाद सापकोटा र गुजरा नगरपालिकाका…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशमा मन्त्रीपरिषद बिस्तार हुँदै , को को बन्दैछन मन्त्री ?

मंसिर २८,हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । पाण्डेले नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ‘आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । पाँच जना मन्त्री थपिनेछन्’, मुख्यमन्त्री पाण्डे निकट स्रोतले भन्यो, ‘मन्त्रालयको टुङ्गो लगाउन छलफल भइरहेको छ ।’ स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रका विशाल खड्का, घनश्याम दाहाल र रत्न ढकालले मन्त्रीको जिम्मेवारी पाउने भएका हुन् । त्यसै गरी नेकपा एकीकृत समाजवादीका तर्फबाट वसन्त मानन्धर र वसुन्धरा हुमागाईँ मन्त्री बन्ने निश्चित…

पुरा पढ्नुहाेस्