फेब्रुअरीमा ७३ हजार दुई सय ५५ पर्यटक नेपाल आए

फागुन १७,काठमाडौँ । गएको एक महिनामा ७३ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात्…

Read More

चीनको नेपाल निति: चिनियाँले घुम्न पाउने देशको सूचीमा नेपाल किन अटाएन् ?

माघ १९,काठमाडौँ । कोभिडअघिसम्म भारतीयपछि सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गर्थे । तर, महामारी सुरु भएपछि चीन सरकारले आफ्ना पर्यटकलाई विदेशमा घुम्न निस्कन कडाइ गरेको छ । चीनले पहिलोपटक ६ फेब्रुअरीदेखि आफ्ना नागरिकका लागि आउटबाउन्ड विदेश घुम्न खुला गर्दै छ । तर, चिनियाँले घुम्न पाउने देशको सूचीमा नेपाल अटाएको छैन । आफ्नो नजिकको छिमेकी देश रहेको चीनले नै अन्य देशमा आफ्ना नागरिक घुम्न जान खुल्ला गर्दा स्थलगत सिमासमेत रहेको नेपालमा घुम्न जान खुल्ला गरेको छैन् । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा प्रकाशित गरेको सूचनामा चिनियाँहरू आउटबाउन्ड टुरिजममा जान पाउने देशहरूमा थाइल्यान्ड, इन्डोनेसिया,…

Read More

लुम्बिनीजस्तो पवित्रस्थलको काम इमानदारिताका साथ गर्न मन्त्री किरातीको निर्देशन

माघ १५,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रतिको रिपोर्ट सन्तोषजनक नभएको बताए । उनले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमानदारिताका साथ गर्न उनले निर्देशन गरे । मन्त्री किरातीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसारको काम चाहिने उनले बताए । नेपालको संविधान कानुनअनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनामा कर्मचारी भएर…

Read More

अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरे पर्यटन सद्भावना दूतमा नियुक्त

पौष २१,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरेलाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको छ । पर्यटन प्रवर्द्धनमा सक्रिय घिमिरेलाई यही पुस ८ गते मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि घिमिरे नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ । घिमिरेले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ । नवनियुक्त पर्यटन दूत घिमिरेले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त…

Read More

धुनिवेशीमा पर्यटक भित्र्याउन होमस्टेको अवधारणा, ६५ जनालाई दिइयो तालिम

पौष १२,धादिङ । धादिङको धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को संयुक्त आयोजनामा घरवास तथा होमस्टे संचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न भएको हो । तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका साथै विभिन्न खानाका परिकार, सुप,सलाद बनाउने तरिका,अतिथी सत्कार र स्थानिय खानाका परिकार बनाउने विधिका बारेमा सहभागिहरुलाई प्रशिक्षकहरु तालिम दिएको नगरपालिकाका प्रवक्तासमेत रहेका धुनिबेशी वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताए । प्रवक्ता आचार्यका अनुसार नगरपालिकाको पर्यटकिय क्षेत्र…

Read More

बुद्ध एअरले पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने

मंसिर २३,काठमाडौँ । बुद्ध एअरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुद्ध एअरले आउँदो पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ । “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एअरबाट हुनेछ”, बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने । पोखरा विमानस्थलबाट बुद्ध एअरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा,…

Read More

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी डा. क्याट्रिन

मंसिर १९,काठमाडौँ । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् । यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनले विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिन्छिन् । नेपाल कति पटक आउनुभयो ? हाम्रो प्रश्नमा उनको जवाफ थियो, “गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यसवर्ष उहाँ नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको…

Read More

नोभेम्बरमा नेपालमा ७२ हजार ६ सय भन्दा धेरै विदेशी पर्यटक आए

मंसिर १५,काठमाडौँ । सन् २०२२ को नोभेम्बर महिनामा नेपालमा ७२ हजार ६ सय जनाभन्दा धेरै विदेशी पर्यटक आएका छन् । नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । भारतबाट नोभेम्बरमा २० हजार पाँच सय ३२ जना पर्यटक आएका छन् । दक्षिण एसियाबाट नेपाल आएका पर्यटकको सङ्ख्या २४ हजार पाँच सय ९९ जना रहेको छ । यस्तै एसियाका अन्य देशबाट नौ हजार चार सय १५ जना पर्यटक नेपाल आएका छन् । युरोपबाट १७…

Read More

मनमोहक भू-दृश्यले फेरिँदै मुस्ताङको मुहार

कात्तिक ११,मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ…

Read More

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

आश्विन ३०,काठमाडौँ । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।  

Read More