मंसिर १३, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । उनका अनुसार प्रदेश सभामा रहेका समितिको सभापतिको टुंगो लगाउन सर्वदलीय बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री जम्कट्टेलले बुधबार मन्त्रीहरुसँग नीति तथा कार्यक्रम कार्यान्वयनको समस्या, कर्मचारीहरुको सहयोग, कार्यक्रम कार्यान्वयनको…
पुरा पढ्नुहाेस्रास्वपामा स्वर्णिम बने उपसभापति ! थपिए ६ जना पदाधिकारी
मंसिर १३,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको बताए । महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनीत भएका छन् । रास्वपामा यसअघि नै उपाध्यक्षमा डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र कोषाध्यक्षमा बसुमाया तामाङ रहेका थिए । अब सभापतिसहित ११ सदस्यीय पदाधिकारी बनेको…
पुरा पढ्नुहाेस्कोशी प्रदेशको बजेट सर्वसम्मत पारित,खर्च कटौतीको प्रस्ताव फिर्ता
मंसिर १३,विराटनगर । कोशी प्रदेशसभाको आज बुधवार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ सर्वसम्मतले पारित भएको छ । ‘कोशी प्रदेश आर्थिक अध्यादेश २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ लाई पारित…
पुरा पढ्नुहाेस्रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने
मंसिर १३,काठमाडौँ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीको राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो । प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले बताए। रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने…
पुरा पढ्नुहाेस्नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता
मंसिर १३, काठमाडौँ । नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ। लमजुङ दोर्दी गाउँपालिका २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो । यसअघि समलिंगी विवाहले कानूनी मान्यता पाउनुपर्ने माग राख्दै दायर रिटमा सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो ।
पुरा पढ्नुहाेस्कोशी प्रदेशको बजेट पास
मंसिर १३, विराटनगर । कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमाथिको छलफल सकिएपछि ध्वनी मतका आधारमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो । उक्त विधेयकमाथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिबद्धता गरेपछि एमालेका तर्फबाट राखिएको प्रस्ताव फिर्ता भएको थियो ।
पुरा पढ्नुहाेस्स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा नियुक्त
काठमाडौँ । डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उपसभापति नियुक्त भएका छन् । सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा। वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो । डा। वाग्ले अर्का उपसभापति डिपी अर्यालपछिको वरीयता तोकिएको छ । कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका वाग्ले गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका थिए । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडेका उनी कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए ।
पुरा पढ्नुहाेस्राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता
मंसिर १३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स जानुअघि राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सिर्जना गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
पुरा पढ्नुहाेस्१७ अंकले घट्यो नेप्से, कारोवार रकम कति ?
मंसिर १३, काठमाडौँ । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १७.९३ अंकले घटेर १८७६ को विन्दुमा कायम हुन पुगेको हो । आज नेप्से आधा घण्टा ढिला खुल्ला भएको थियो । आज नेप्सेमा कारोबार भएको २८५ कम्पनीको ३५ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १२ वटा उपसूचकमा राताम्मै भएको छ । सेयर बजारमा गिरावट आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर…
पुरा पढ्नुहाेस्दुख्ने गिर्खा भन्दा नदुख्ने गिर्खा खतरनाकः डाक्टर रिता महासेठ (भिडियाे सहित)
मंसिर १३, काठमाण्डौँ । पछिल्लो समय नेपालमा क्यान्सरका सबै प्रकारका उपचारहरु हुन थालेका छन् । एक दशकअघिसम्म क्यान्सर भन्ने वित्तिकै आम मानिसमा मृत्युको नजिक पुगेको आभाष हुन्थ्यो तर, चिकित्सा पद्दतिमा विकास भएका नविनतम उपचार पद्दतिका कारण क्यान्सर समयमै पत्ता लागे पूर्णरुपमा निको हुन्छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रिता महासेठका अनुसार जसरी हामीले चढ्ने कार, मोटरसाइकल समयसमयमा हामी सर्भिसिङ गर्ने, मेकानिकलाई देखाउने गरिरहन्छौं, त्यसरी नै हाम्रो शरीरको पनि सर्भिसिङ गर्नुपर्छ, डाक्टरलाई देखाउनु पर्छ । डाक्टरलाई देखाउन रोगै लागिहाल्नुपर्छ भन्नु हुँदैन । त्यसमाथि क्यान्सर लाग्नबाट जोगिने…
पुरा पढ्नुहाेस्