स्थानीय चुनाव: ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

जेठ १४,काठमाडौँ । पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाण्डौ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ…

Read More

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १४,काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शनिबार सदनबाट बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम संशोधनका छ वटा प्रस्ताव पेश भएका थिए। संशोधनका लागि पेश भएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएपछि प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी, दुर्गा पौडेल, शेरबहादुर तामाङ, भीम रावल, प्रेम सुवाल र…

Read More

चितवनमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा

जेठ १४, काठमाण्डौ । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ । इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन विदा कार्यन्वयन गर्ने÷गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।

Read More

२७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने

जेठ १४, काठमाण्डौ । काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

Read More

दाङमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

जेठ १४, दाङ । दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो । मृत्यु हुनेमा लमही नगरपालिका १ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

Read More

‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम

जेठ १४, काठमाण्डौ । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

Read More

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमाथी अदालतको फैसला पुनरावलोकन हुनुपर्छ’ : रामचन्द्र पौडेल

जेठ १४, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले अदालतले कानुनमात्र हेरेर गरेका कतिपय निर्णय वास्तविकतासँग मेल नखाने भन्दै फैसला पुनरावलोकन हुनुपर्ने धारणा राखेका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो निर्णय विवकेसंगत भएन, अदालतले निर्णय सच्याउनुपर्छ । सर्वोच्चका माननीय न्यायाधीशहरु उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ नि ’वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरे ।

Read More

‘राज्यको नीति तथा कार्यक्रमले नेपाली युवाहरुको श्रम र सीपलाई बेवास्ता गर्यो’ : गोकर्ण विष्ट

जेठ १४, काठमाण्डौ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले देशको संकट समाधान हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् । सरकारले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विष्टले यस्तो बताएका हुन् । सरकारको नियमनको अभावले असमानता पैदा गरेको भन्दै त्यसको सम्बोधन हुनेगरी कार्यक्रम नआएको उनले बताए । राज्यको नीति तथा कार्यक्रमले नेपाली युवाहरुको श्रम र सीपलाई नेपालमा प्रयोग गरे बदल्ने हिसाबले दिशाबोध गर्न नसकेको उनले बताए ।

Read More

स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताद्धारा पार्टी परित्याग

जेठ १४, काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् । एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।  

Read More

सरकारले ल्याउन लागेको बजेटका बारेमा सभामुख सापकोटाले लिए जानकारी !

जेठ १४, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका बारेमा जानकारी लिएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्मासँग शनिबार बिहान आफ्नै कार्यकक्षमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटका बारेमा जानकारी लिएका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अर्थमन्त्री शर्माले आगामी बजेटका बारेमा सिंहदरबारस्थित कार्यकक्षमै आएर जानकारी गराएको पुष्टि गरेका छन् । ‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिनु भएको छ,’ उनले भने, ‘शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट…

Read More