सुरक्षाको माग गर्दै चिकित्सकको प्रदर्शन, गृह र स्वास्थ्य मन्त्रीको राजीनामा माग

असोज ९, काठमाडौँ । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगाएत प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए ।

पुरा पढ्नुहाेस्

एमाले वागमती प्रदेशको बन्द सत्र जारी : बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल

काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको पहिलो अधिवेशन चलिरहेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार बन्द सत्र सुरु भएको छ । बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डल गठन गरिएको छ । गुरु बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको हो । बराल पार्टीको वागमती प्रदेश इन्चार्ज हुन् । अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्वका लागि प्रस्ताव गर्नेछ । त्यसमा सहमति नभए निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ । सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत…

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभा बैठक १८ गतेसम्म स्थगित

असोज ९, काठमाडौँ । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार अध्यक्षले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेका छन् ।

पुरा पढ्नुहाेस्

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै

असोज ९, काठमाडौँ । नेपाल र चीनबीच बिजुली आदान प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ। नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको छ। पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ। चीनतर्फ आवश्यक अध्ययन अगाडि…

पुरा पढ्नुहाेस्

कांग्रेस संसदीय दलको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकबारे छलफल हुने

असोज ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ । सङ्घीय संसद् राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी छ ।

पुरा पढ्नुहाेस्

कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था लागू

असोज ९, काठमाडौँ । वार्षिक बजेटको व्यवस्था अनुसार नयाँ कम्पनी दर्ता तथा पुँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सोमबार सूचना प्रकाशन गर्दै सो व्यवस्था कार्यान्वयन भएको जनाएको हो । साउन १ गतेदेखि नै बजेटको व्यवस्था कार्यान्वयनमा आउनुपर्ने भए पनि तयारी नपुगेको भन्दै कार्यान्वयनमा ढिलाइ भएको थियो । आर्थिक ऐन २०८० को दफा १८ १ ले कम्पनी दर्ता र पुँजी वृद्धिमा लाग्ने शुल्कमा पूर्ण छुटको व्यवस्था गरेको छ । चालु वर्षको तेस्रो महिना प्रारम्भ भएपछि सो व्यवस्था कार्यान्वयनमा आएको हो । सूचना अनुसार…

पुरा पढ्नुहाेस्

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र सुरु

असोज ९, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र आज हुँदैछ ।अधिवेशनको बन्दसत्र बिहान ७ः३० बजेबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । बन्दसत्रमा प्रदेश अध्यक्ष केशवराज पाण्डेले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि रहेका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ । नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । बन्दसत्र समाप्त भएपछि आजै निर्वाचनको कार्यक्रम सुरू हुने बताइएको छ ।…

पुरा पढ्नुहाेस्

चीनमा जारी १९औँ एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन !

हाङझाउ (चीन)। १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ। एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ। नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ। यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। जापान पाँच स्वर्ण, १४ रजत…

पुरा पढ्नुहाेस्

जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

असोज ९, दोहा । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा…

पुरा पढ्नुहाेस्

संघमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी

असोज ९, काठमाडौँ । स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन् । स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्। नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव आरसी अधिकारीले केही स्थानीय तहमा अपवादबाहेक अधिकांश स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीलाई…

पुरा पढ्नुहाेस्