माघ २२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए । राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब…
Read Moreउपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : लामिछाने
माघ २२,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।
Read Moreरास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाउँदै
माघ २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।
Read Moreकर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल
माघ २२, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिए ।
Read Moreफागुन ७ गतेदेखि देशभरका होटल तथा रेष्टुरेन्ट बन्द हुने
माघ २२, काठमाडौँ । सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्टमा सेवा शुल्क लिन नपाउने गरी फैसला सुनाएसँगै आन्दोलित बनेका व्यवसायीहरुले फागुन ७ गतेदेखि होटल तथा रेष्टुरेन्ट बन्द गर्ने घोषणा गरेका हुन् । सर्वोच्च अदालतले सो फैसलागरेपछि होटल तथा रेष्टुरेन्टमा कार्यरत मजदुरहरुका तीनवटा संगठनले देशभरीका होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेका हुन् ।अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष कुमार पन्तले उक्त कुरा बताएका छन् । ‘हामीले लिँदै आएको सुविधामा अदालतले हस्तक्षेप गर्यो’, उनले भने, ‘अब आन्दोलन गर्नुको विकल्प छैन, माघ २७ देखि बुकिङ बन्द गर्छौं र फागुन ७…
Read Moreरास्वपा सरकारबाट बाहिरिने, सरकारलाई समर्थन कायमै राख्ने
माघ २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । उनका अनुसार सरकारबाट बाहिरिने निर्णय गरेको छ । सो पार्टीका सभापति रवि लामिछानेले अब पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका छन् ।
Read Moreसेयर बजारमा आयो सुधार, २ अर्बको कारोबार हुँदा कति अङ्कले बढ्यो नेप्से ?
माघ २२, काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १.५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । जुन, अन्तिम समयमा २ हजार ९६ अंकमा पुगेर रोकिएको हो । यसक्रममा नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि…
Read Moreराष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै
माघ २२, काठमाण्डौँ । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ । पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन् । अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ ।
Read Moreओलीले भने__’राष्ट्रपति, सभामुख पदमा कांग्रेसले खिचोला खडा गर्यो’
माघ २२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनमा खिचोला खडा गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसले विश्वासको मत दिए पनि ‘ढोक्सामा माछा नपर्ने’ बताए । “कांग्रेसले गरेको यस व्यवहारलाई सरकारमाथि गरेको विश्वास मान्न सकिँदैन । बरु, राष्ट्रपति, सभामुख पदमा खिचोला खडा गर्ने दुराशय देखिन्छ । हिजो मात्रै कांग्रेसका पूर्वमन्त्रीले खुलस्त गर्नुभयो,” ओलीले भने ।
Read Moreउमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो-‘उपनिर्वाचनको विकल्प छैन’
माघ २२,काठमाडौँ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार कान्तिपथस्थित आयोगको मुख्य कार्यालयमा पुगेर उनले निवदेन दिएका हुन्। श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारेका छन्। उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र उपर दाबी विरोध गर्ने, मनोनयनपत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम…
Read More