धादिङ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ

मंसिर १९,गजुरी । धादिङ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । गजुरी गाउँपालिका २ फुर्केखोलाबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित नुवाकोट तारकेश्वर गाउँपालिका २ बस्ने २१ वर्षीय धिरज बराल मगरलाई प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले उनलाई चामलको बोराभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारेको गजुरी प्रहरीले जानकारी दिएके छ । मगरलाई नियन्त्रणमा लिईएको समेत ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा “बेलाको” २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

मंसिर १९, काठमाण्डौँ । सोरुमको उद्घाटन कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ अब्दुल बासिदले जानकारी दिए । होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’ सिईओ बसिदले…

पुरा पढ्नुहाेस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

मंसिर १९, काठमाण्डौँ । मङ्सिर १७ गते अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान, कार्यक्रमका प्रमुख अतिथी, शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो । गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई उक्त रकम सहयोग गरेको थियो । राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५००…

पुरा पढ्नुहाेस्

नमस्ते पे मार्फत प्रत्येक उडान टिकेट खरिदमा १०० रुपैयाँ क्यासब्याक

काठमाडौं । डिजिटल वालेट नमस्ते पेमार्फत उडान टिकेट बुक गर्ने यात्रुले १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् । कम्पनीले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा टिकेट उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि यस्तो अफर ल्याएको हो । यो अफर आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । १०० रुपैयाँ क्यासब्याक पाउन यात्रुले कुनै किसिमको प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले उल्लेख गरेको छ । नमस्ते पे वालेटबाट सो समयावधिभित्र टिकेट खरिद गर्दा स्वतः क्याशब्याक पाइनेछ। ‘क्यासब्याक प्रति टिकेट मान्य छ, जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्याशब्याक प्राप्त गर्नेछन्,’ कम्पनीले विज्ञप्तिमा…

पुरा पढ्नुहाेस्

देशमा ढोँगी, दलालहरुको जगजगी छ : सर्बेन्द्र खनाल

काठमाडौं । पूर्व प्रहरी महा निरीक्षक सर्बेन्द्र खनालले देशमा ढोँगी, दलालहरुको जगजगी रहेको बताउनु भएको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । पूर्व महा निरीक्षक खनालले भन्नुभयो ‘देशमा अहिले भ्रष्टाचारीको संरक्षण भैरहेको छ, सुरक्षाकर्मीको अपमान भैरहेको छ, कालाधन आर्जन गर्नेको बोलवाला बढीरहेको छ, देश चलाउनेहरुले आ–आफ्नै स्वार्थ पूर्ति गनुर््बाहेक अरु केही गरेनन्् ।’ उहाँले अगाडि थप्नुभयो ‘रातदिन, झरी, बादल, चाडपर्व, घरपरिवार नभनी जनताको जिउ, धनको सुरक्षामा खटिने सुरक्षाकमी जहिले पनि उपेक्षामा…

पुरा पढ्नुहाेस्

भ्रामक र तथ्यहिन समाचारप्रति सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको गम्भिर ध्यानकार्षण

मंसिर १९, काठमाण्डौँ । कुनै एक अनलाईन पत्रिकामा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्था र संस्था प्रमुखका विरुद्धमा पटक–पटक प्रकाशित तथ्यहिन समाचार प्रति गम्भिर ध्यानकार्षण भएको छ । यसरी अनलाईन पत्रिकामा आँचार संहिताको सामान्य मूल्य, मान्यता र धर्म समेतको पालना नगरी संस्थाका सञ्चालक समिति तथा संस्था प्रमुुख विरुद्धमा आम जनसमुदायमा दिगभ्रमीत पार्ने खालका झुठा, भ्रामक तथा तथ्यहिन समाचार समप्रेषण गरेकोप्रति संस्थाले खेद प्रकाट गरेको छ । गर्दा संस्था र सम्वन्धित व्यक्तिसंग कुनै किसीमको बाईट÷प्रतिक्रिया नलिई एकपक्षिय तवरले लगाईएको आरोप भ्रमीत, व्यक्तिगत चरित्र हत्या गर्ने, बदनाम गर्ने बाहेक अरु केही…

पुरा पढ्नुहाेस्

जसपाको कोसी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट

मंसिर १९, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा सोमबार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका साथै विभागीय जिम्मेवारी तोकेको हो । जसअनुसार बैठकले उपेन्द्र लावती, बलबहादुर राई, मिना राई, गम्बु शेर्पा, राम माण्डुप राई, कमन देवान, कृष्ण कटुवाल र देवकृष्ण यादवलाई प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।त्यसैगरी बैठकबाट प्रदेश समिति अन्तर्गतका विभागीय प्रमुखहरु समेत चयन गरिएको छ । जसअनुसार संसदीय विभाग प्रमुखमा दीपक याक्खा संगठन विभागको प्रमुखमा घनश्याम कटुवाल, पार्टी स्कूल तथा प्रशिक्षण…

पुरा पढ्नुहाेस्

जसपाको लुम्बिनीप्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु

मंसिर १९, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आजदेखि सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ,  कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राजकिशोर यादव, विज्ञ परिषद्का प्रमुख डा. पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय  सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिने भएका छन् । लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति…

पुरा पढ्नुहाेस्

NEPAL BANK SIGNS AGREEMENT UNDER TRADE ASSISTANCE PROGRAM OF EXPORT-IMPORT BANK (EXIM BANK) OF INDIA

Nepal Bank has signed an agreement with Exim Bank under its Trade Assistance Program. The program aims to support trade related with India by providing loans and guarantees and fill the market gaps of trade finance.  Nepal Bank, is also the 1st government bank to be a partner of Exim Bank, to support the import transactions with India. The signing comes after exhaustive discussions with the senior management of both banks in the areas of Nepal Bank’s financials, governance, risk and compliance and ongoing trade transactions between the two countries.…

पुरा पढ्नुहाेस्

स्टिल्केसद्वारा काठमाण्डौँमा प्रमुख डिलर शोरूम सुचारु

मंसिर १९, काठमाण्डौँ । कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाण्डौँमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरुको नेपालभर बहुस्तरीय शोरुमहरुमा प्रदर्शन गरिएको छ। नयाँ शोरुमले स्थानिय तथा अन्तराष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापी रुपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरहरुको पहुँच पुर्याएको छ । हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ…

पुरा पढ्नुहाेस्