बैङ्कहरूको आधार दर जम्मा साढे ७ प्रतिशत ! सस्तो ब्याजमा अब ऋण लिन कुन बैंक छान्ने ?

चैत्र १६, काठमाडौँ । बैङ्कहरूको आधार दर घट्न थालेको छ । बैङ्कहरूको आधार दर साढे ७ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर नै घट्दो ट्रेन्डमा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । हाल बैङ्कहरूको औसत आधार एकल अङ्कमै झरेको छ । गत फागुनमा ९.४१ प्रतिशत रहेको थियो । तर, चैतमा भने थप घटेर ९.०५१ प्रतिशत…

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सय रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?

चैत्र १६, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ ।…

पुरा पढ्नुहाेस्

सभामुख घिमिरे स्वदेश फर्किए

चैत्र १६, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् । महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए । अन्तर व्यवस्थापिका सङ्‍घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।

पुरा पढ्नुहाेस्

दुर्गा प्रसाईंले प्रयोग गर्ने हतियार छानबिन गर्न गृहले बनायो समिति

चैत्र १६, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ । शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । समितिका अन्य सदस्यहरुमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको…

पुरा पढ्नुहाेस्

नेपाल पत्रकार महासंघले आज ६९औँ स्थापना दिवस मनाउँदै

चैत्र १६, काठमाडौँ । नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

पुरा पढ्नुहाेस्

न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु

चैत्र १६, काठमाडौँ । न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए । उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ। एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ। त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ । सर्विरयाका श्रीमति र एक छोरा र एक छोरी नेपालमै रहेको पनि…

पुरा पढ्नुहाेस्

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौँ महानगरको निर्देशन

चैत्र १६, काठमाडौँ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।

पुरा पढ्नुहाेस्

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

चैत्र १६, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ ९संशोधनसहित०को दफा २ को खण्ड ङ १ बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ । अनधिकृत तवरले स्थानीय तहहरुले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने चेतावनीसहित प्राधिकरणले सरोकारवाला निकायलाई बक्यौता रकम तिर्न भनेको छ ।

पुरा पढ्नुहाेस्

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

चैत्र १६, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

पुरा पढ्नुहाेस्

बीमा कम्पनीको लगानी बढाउन प्राधिकरणको खुकुलो नीतिले कस्तो प्रभाव पार्ला ?

काठमाण्डौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने गरी नयाँ नीति ल्याएको छ ।प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी गर्दा राख्नुपर्ने प्रोभिजनीङ वितरणयोग्य नाफाबाट लगानी रकम घटाउने सर्तलाई खुकुलो बनाएर कम्पनीहरुलाई प्रोत्साहन गरेको हो । बीमा कम्पनीले लगानी गरेको जलविद्युत्, पर्यटन, वायुसेवा, कृषि, स्वास्थ्य, घरजग्गा, शिक्षा सम्बन्धी कम्पनी लगानी गरेको तीन वर्ष भित्र धितो पत्र बजार अहिलेको नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेमा सुचीकृत नभएमा शतप्रतिशत रकम वितरण योग्य नाफाबाट घटाउने अर्थात् प्रोभिजनीङ गर्नुपर्ने व्यवस्था थियो । उक्त कडा नीतिका कारण बीमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा लगानी बढाउन…

पुरा पढ्नुहाेस्