राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

चैत्र १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

पुरा पढ्नुहाेस्

लगानी सम्मेलन प्रदेशका नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गरिने

चैत्र १६, काठमाडौँ । आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय ठूला योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिएका हुन् । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश…

पुरा पढ्नुहाेस्

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

चैत्र १६, काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद पदको निलम्बन फुकुवा गर्न शुक्रवार आदेश दिएको हो । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गरेको हो । श्रममन्त्री हुँदाको एक मुद्दालाई आधार मानेर उनीविरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्धको मुद्दा विचाराधीन भएकाले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि…

पुरा पढ्नुहाेस्

पाल्पामा पधेंरो हिंडेकी युवतीको हँसिया प्रहार गरी हत्या, युवक पक्राउ

चैत्र १६, पाल्पा । पाल्पामा पधेंरो हिंडेकी युवती पदमा सुनारको बीभत्स हत्या आरोपमा पक्राउ परेका सागर भन्ने देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ युवती पदमा सुनारको वीभत्स हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरी समक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् । उनका…

पुरा पढ्नुहाेस्

सर्वोच्चको आठ बुँदे आदेश : पशुपति क्षेत्रमा गाडी चल्न नदिने देखी शव गाड्ने वैकल्पिक ठाउँ खोजिने

चैत्र १६, काठमाडौँ । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि सवारी साधन गुड्ने सबै बाटो बन्द गर्न आदेश दिएको छ । गत माघ ७ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दिएको आदेशको हालै सार्वजनिक पूर्णपाठमा उक्त कुरा उल्लेख छ । हेर्नुस् आठ बुँदे निर्देशनात्मक आदेश१. पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने गरी तिलगंगा गोठाटार ताम्रगंगा जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारीसाधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्नू। उल्लिखित…

पुरा पढ्नुहाेस्

‘जनताले आश गरेअनुसार नै बजेट आउँछ, अब आर्थिक क्षेत्रमा छलाङ मार्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

चैत्र १६, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् । मकवानपुरमा आज नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१र८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए । आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे…

पुरा पढ्नुहाेस्

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

चैत्र १६, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । शुक्रबार विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिदै सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक रहेको छ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत पाउने देखिएको छ…

पुरा पढ्नुहाेस्

दोहा उडेको नेपाल एयरलाइन्समा समस्या, जहाज काठमाडौं फिर्ता

चैत्र १६, काठमाडौँ । काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको वाइडबडी ए ३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाजलाई काठमाडौं नै फिर्ता ल्याइएको हो । ‘नाइनएन–एएलवाई जहाज आज बिहान करिब ३ बजे काठमाडौंमा सुरक्षित अवतरण गरेको थियो । सो जहाजमा फिर्ता भएका यात्रुलाई अर्को नेपाल एयरलाइन्सको जहाजबाट दोहा पठाइएको थियो । यसैबीच समस्या देखिएको जहाजको मर्मत गरिएको छ । जहाजले अव नियमित उडान भर्ने जानकारी दिइएको छ ।

पुरा पढ्नुहाेस्

बैङ्कहरूको आधार दर जम्मा साढे ७ प्रतिशत ! सस्तो ब्याजमा अब ऋण लिन कुन बैंक छान्ने ?

चैत्र १६, काठमाडौँ । बैङ्कहरूको आधार दर घट्न थालेको छ । बैङ्कहरूको आधार दर साढे ७ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर नै घट्दो ट्रेन्डमा छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । हाल बैङ्कहरूको औसत आधार एकल अङ्कमै झरेको छ । गत फागुनमा ९.४१ प्रतिशत रहेको थियो । तर, चैतमा भने थप घटेर ९.०५१ प्रतिशत…

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सय रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?

चैत्र १६, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ ।…

पुरा पढ्नुहाेस्