एन्फा उपाध्यक्ष दावा लामा छुटे

बैशाख ६, काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो । लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।स्रोतका अनुसार लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेका थिए । पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको बुझिएको छ ।

पुरा पढ्नुहाेस्

जनकपुरमा २३ वर्षीया युवती र नौं महिनाकी बालिका जलेको अबस्थामा शव फेला !

बैशाख ६, काठमाण्डौँ । जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकको रेल्वे लिक नजिकैको पोखरीको डिलमा एक युवती र बालिका जलिरहेको अवस्थामा मृत भेटिएका छन् । युवती र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवती र बालिकाको ज्यान गइसकेको थियो । राति नै दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएका थियो । मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका–२ की २३ वर्षीया मप्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् । जलेर मृत्यु भएकी बालिका करिब ८,९ महिनाकी छन्…

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेश : टुंगियो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?

बैशाख ६, बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेका हुन । भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक(एक मन्त्रालय पाउने भएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ…

पुरा पढ्नुहाेस्

युद्ध हारेमा तेस्रो विश्वयुद्ध हुने युक्रेनका प्रधानमन्त्रीको चेतावनी,अमेरिकी कांग्रेसले राहत विधेयक पारित गर्ला ?

बैशाख ६,काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने युक्रेनका प्रधानमन्त्रीले चेतावनी दिएका छन् । । प्रधानमन्त्री डेनिस स्मिहलले अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न माग पनि गरेको बीबीसीले जनाएको छ । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिवार मतदान हुँदैछ । रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो ।

पुरा पढ्नुहाेस्

अन्जना शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त

बैशाख ६,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो,आज प्रतितोला कति छ ?

बैशाख ६,काठमाडौँ । सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको भाउ अहिलेसम्मकै उच्च हो । चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय २५ रुपैयाँ पुगेको छ ।

पुरा पढ्नुहाेस्

सुदुरपश्चिममा नयाँ ट्विस्ट: सोडारीलाई एमालेले नसघाए कांग्रेसले सघाउने !

बैशाख ६,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि…

पुरा पढ्नुहाेस्

आजको मौसम:पहाडी क्षेत्रमा वर्षा हुने,तराईमा हावाहुरीको सम्भावना

बैशाख ६,काठमाडौँ । आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले असार १६ गतेदेखि महाधिवेशन गर्ने

बैशाख ६,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाण्डौँ गर्ने निर्णय भएको उनले बताए । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उनको भनाइ छ ।

पुरा पढ्नुहाेस्

मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाए

बैशाख ६,मुस्ताङ। मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाएका छन् । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्ने यात्री बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङकाअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षको असोजदेखि चैतसम्मको सात महिनामै ११ जनाको ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । दुई हजार पाँच सय मिटर वा त्यो भन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ…

पुरा पढ्नुहाेस्