रुसमा थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ३३ पुग्यो

चैत्र ६, काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

पुरा पढ्नुहाेस्

पर्वतको पैयूँमा बाँदर धपाउन कर्मचारी नियुक्त !

चैत्र ६, काठमाण्डौँ । पर्वत जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयूँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

चैत्र ६, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका लिएका थिए । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो ।

पुरा पढ्नुहाेस्

घुँडामा गोली ठोकेर प्रहरीले समात्यो दुई जना ‘डाका’

चैत्र ६, सर्लाही । सर्लाहीमा डाका पक्रिन प्रहरीले गोली चलाएको छ । गए राति साढे ९ बजे बरहथवामा गोली चलाएर दुई जना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् । उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ…

पुरा पढ्नुहाेस्

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

चैत्र ६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी बताए ।

पुरा पढ्नुहाेस्

लघुबित्तको ऋण तिर्न नसके एक बर्षपछि तिर्न पनि पाईने, राष्ट्र बैंकको यस्तो आयो सूचना !

चैत्र ६, काठमाण्डौँ । बिबिध कारणले लघुबित्तको ऋण तिर्न नसकेका ब्यक्तिहरुले अब एक बर्षपछि भएपनि तिर्न मिलने भएको छ । राष्ट्र बैंकले निकालेको सूचनामा यस्तो उल्लेख छ ।

पुरा पढ्नुहाेस्

पर्सामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चैत्र ६, काठमाण्डौँ । बाघको आक्रमणबाट ठोरी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० वर्षीया कलावती खत्रीको सोमबार साँझ मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार साँझ ४ बजेर ५० मिनेटमा खत्रीको शव पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा फेला परेको थियो । उनी जंगलमा घाँस काटन एक्लै गएकी थिइन् । उनको शरीरको विभिन्न भाग तथा घाँटीमा बाघको नङग्राले कोतरिएको छ । खत्रीको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ । उक्त वन क्षेत्रमा यसअघि बाघ नदेखिएको र यहाँ…

पुरा पढ्नुहाेस्

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

चैत्र ६, काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । सोमबार राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए । उनका ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा…

पुरा पढ्नुहाेस्

आर्थिक गतिविधिमा ८२ लाख नेपालीको सङ्ख्या निष्क्रिय !

चैत्र ६, काठमाडौँ । नेपालमा ८२ लाख नेपाली आर्थिक गतिविधिभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ करोड ९१ लाख ६४ हजार कुल जनसङ्ख्यामध्ये ८२ लाख ११ हजार १२ नेपाली आर्थिक क्रियाकलापमा सक्रिय नरहेको पाइएको हो । आर्थिकरूपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरूको सङ्ख्या ५८ हजार ७९ जना रहेको कार्यालयको तथ्याङ्क छ । यसैगरी १० वर्ष वा सोभन्दा माथिका १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना व्यक्तिहरूमध्ये १ करोड १० लाख ३८ हजार १ सय ५ जना आर्थिक रूपले…

पुरा पढ्नुहाेस्

माओवादी पदाधिकारी बैठक बस्दै, महरा बारे छलफल हुने

चैत्र ६, काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखि सुरू हुनेछ । बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ । महरामाथि विद्युतीय चुरोट भेपमा सुन तस्करी गरेको आरोप छ ।

पुरा पढ्नुहाेस्