छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि…

चैत्र ६, कास्की । पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए । कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण…

पुरा पढ्नुहाेस्

सबैभन्दा महङ्गो सर्वोत्तम सिमेन्ट, सेयरभाउ बढेर दोब्बर पुग्दै !

चैत्र ६, काठमाण्डौँ । आज पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको सेयरभाउमा सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ बढेर ६११.७ रुपैयाँ पुग्दै सकारात्मक सर्कीट लागेको हो । उक्त सेयरमा अहिले उच्च माग रहेको छ भने हालसम्म कुल ४०० कित्ता सेयरको कारोबार भएको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदैछ । सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी…

पुरा पढ्नुहाेस्

सुनको भाउ ७ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत ६, काठमाण्डौँ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार पाँच सय २० मा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

‘काँग्रेसले गृहमन्त्री रविको साथ नपाएकाले फसाउन खोजिरहेको छ’ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई फसाउन खोजिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफूतिर नलागेको भन्दै काँग्रेसले सहकारीसँग सम्बन्धित नै नरहेका लामिछानेलाई फसाउन खोजिरहेको बताएका हुन् । ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने ।

पुरा पढ्नुहाेस्

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै सिंहदरबारमा प्रदर्शन गर्ने कार्यकर्ता पक्राउ

चैत्र ६, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।

पुरा पढ्नुहाेस्

‘दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयका साथ काम गरिरहेका छौँ’ : प्रधानमन्त्री दाहाल

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् । आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् । विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए ।

पुरा पढ्नुहाेस्

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर {LIVE}

चैत्र ६, काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् । सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

पुरा पढ्नुहाेस्

‘नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको छ’: मन्त्री चौधरी

चैत्र ६,काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएको बताएकि छन् । अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उक्त अवसरमा उनले महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको बताएकी छिन् । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मल लगायतको सङ्कट र चुनौति पुरुषले भन्दा बढी महिलाले भोग्नु परेको उनले बताइन् । मन्त्री…

पुरा पढ्नुहाेस्

११ जिल्लामा सीडीओको सरुवा, अध्यागमन विभागको महानिर्देशकमा निरौला

चैत्र ६,काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । ६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो । यसका कारण अध्यागमन सम्बद्ध विभिन्न सेवाहरु प्रभावित भइरहेका थिए । गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको छ । यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ । त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ…

पुरा पढ्नुहाेस्

रुसमा थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ३३ पुग्यो

चैत्र ६, काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

पुरा पढ्नुहाेस्