सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु

बैशाख ४,काठमाडौँ । वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट शुरु हुने यो यात्रा लगनटोलमा गएर टुङ्गिन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन अपराह्न केलटोलमा रहेको जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालानिर अग्लो रथ बनाइएको स्थानमा पुर्‍याइन्छ । त्यहाँबाट सेतो मच्छिन्द्रनाथलाई विधि पुर्‍याएर खटबाट निकालेर ३२ हात अग्लो रथमा राखी तानेर रथयात्रा शुरु गरिन्छ । आज पहिलो दिन घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटोल…

पुरा पढ्नुहाेस्

सहकारी प्रकरण : अनुसन्धानमा रविले दुई करोड ऋण लिएको देखियो, किन लागेन अभियोग ?

बैशाख ४, बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रमा उक्त रकम रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत एकमा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आई।एम।ई बैंक लि। को खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरि संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ । सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर…

पुरा पढ्नुहाेस्

लगानी सम्मेलनको मुखमा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बन्यो किन ??

बैशाख ४, काठमाण्डौँ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बनेको छ । विभागका अनुसार यही चैतमा कुल लगानी प्रतिवद्धता एक अर्ब पनि पुग्न सकेन । अघिल्लो महिना फागुनमा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको थियो । चैतमा भने ९६ करोड ६५ लाख रुपैयाँमा सीमित छ । चैतमा प्राप्त लगानी प्रतिवद्धता फागुनको तुलनामा ५ अर्ब ५० करोड अर्थात् ८५.०८ प्रतिशत कम हो । अघिल्लो वर्षको चैतमा ७ अर्ब ५५ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता प्राप्त भएको तथ्यांक छ । अघिल्लो महिना र अघिल्लो…

पुरा पढ्नुहाेस्

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ३९ हजार दुई सयमा कारोवार हुँदै

बैशाख ४, काठमाण्डौँ । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो । यसभन्दा अघि सुनको मूल्यले गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला एक लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी…

पुरा पढ्नुहाेस्

इलाम–२ मा थपिए ५४७ मतदाता

बैशाख ४, इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा कायम मतदाता संख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् ।

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच वार्ता

बैशाख ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग वार्ता गरेका छन् । आज बिहान दुई नेताबीच करिब एक घण्टा वार्ता भएको थियो । वार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो । वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ ।

पुरा पढ्नुहाेस्

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक गरिँदै

बैशाख ४, काठमाडौँ । निर्वाचन आयोगले उपचुनाव हुने इलाम र बझाङबाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक शुरु गरेको छ । आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपचुनाव हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरु गर्ने जनाएको छ ।

पुरा पढ्नुहाेस्

बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बैशाख ४, जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ…

पुरा पढ्नुहाेस्

गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द

बैशाख ४, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने सूचनामा उल्लेख छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भारतमा लोकसभा निर्वाचनअन्तर्गत चम्पावत जिल्लामा प्रथम चरणको मतदान हुने भएकाले नाका गर्न लागिएको बताए ।

पुरा पढ्नुहाेस्

गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा खसेर एकको मृत्यु, एक घाइते

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा भिरमा लड्दा एक जनाको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको घर नजिकै जंगलमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार स्थानीय सर्वोदय मावि नजिकै सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर घर्ती गम्भीर घाइते भएका थिए । भिरबाट झण्डै डेढ सय मिटर जति तल खसेका घर्तीलाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल तम्घास पुर्‍याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी…

पुरा पढ्नुहाेस्