वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

बैशाख ७, काठमाण्डौँ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो । हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।

पुरा पढ्नुहाेस्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

बैशाख ७, काठमाण्डौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो । साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । योसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त भएको छ । नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।…

पुरा पढ्नुहाेस्

रविको क्षेत्र माडीवासीले प्रधानमन्त्रीसँग भने-‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

बैशाख ७, काठमाडौँ । चितवनको माडी नगरपालिकाको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नु परेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । उनका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् । छलफलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्व सांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी…

पुरा पढ्नुहाेस्

काँग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

बैशाख ७, पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ ।

पुरा पढ्नुहाेस्

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ

बैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छिन् ।भारतीय महिला सहिना प्रभिन सुनसहित विमानस्थलबाट पक्राउ परेकी हुन् । प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याएकी थिईन् ।

पुरा पढ्नुहाेस्

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

बैशाख ७, विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो । संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्ु भन्ने उल्लेख छ । ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशका घुम्नै पर्ने १० पर्यटकीय गन्तव्यहरु कुन-कुन छन् ?

काठमाण्डौँ । नया ठाउँ, नयाँ खानेकुरा, नयाँ बसाईमा बस्ने रहर सबैलाई हुन्छ तर सहि गन्तब्य पत्ता लगाउन कठिन भईरहेको पनि हुन सक्दछ । धेरै टाढा पनि जान नपरोस नजिकै आरामदायी र स्वच्छ पनि होस् हाम्रो सोच यहि हुने गर्दछ । यस्तै घुम्न जाने ठाउँमा आफूले चाहेजस्तो सुविधा, मनोरम वातावरण तथा समयको पनि ख्याल गर्नुपर्ने हुन्छ। १. सौराहाबागमती प्रदेशका पर्यटकीय क्षेत्रमध्ये पहिलो नम्बरमा पर्ने गन्तव्य हो चितवनको सौराहा। आन्तरिक र बाह्य दुवैखाले पर्यटकलाई यस स्थानले तानिरहेको छ।सौराहा विशेष गरी जंगल सफारीका लागि परिचित छ। विश्वमै दुर्लभ एकसिंगे गैंडा यहाँको अर्को आकर्षण…

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोक दुर्घटना : मृतक तीनजनाको पहिचान खुल्यो {अपडेट}

बैशाख ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका(१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् ।दोलखाबाट जन्ती लिएर आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन् ।

पुरा पढ्नुहाेस्

शपथ खाएको भोलिपल्टै सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा !

बैशाख ७, काठमाडौँ । सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् । मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेका थिए । ‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि…

पुरा पढ्नुहाेस्

छोटो अवधिमा बैंकहरुले कमाए ४८ अर्ब ७० करोड, सबैभन्दा बढि कमाउने बैँक कुन ?

बैशाख ७, काठमाडौँ । २१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले यस अवधिमा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ बराबर नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुले ११.६७ प्रतिशतले बढी नाफा कमाएका हुन् । नबिल बैंकचैत मसान्तसम्म आइपुग्दा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको…

पुरा पढ्नुहाेस्