सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा किन रोक लगाइयो ?

चैत्र १६, काठमाडौँ । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको जानकारी दिए । “त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी…

पुरा पढ्नुहाेस्

काउली र कुरीलोको भाउ घट्दा महँगियो गोलभेडादेखि हरियो सागसम्म, हेर्नुस् मूल्यसूची

चैत्र १६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार काउली, कुरीलोलगायतका तरकारीको भाउ घट्दा गोलभेडादेखि हरियो सागसम्मको मूल्य बढेको छ । यसअघि प्रतिकेजी ७५ रुपैयाँ पर्ने टनेल गोलभेडाको भाउ बढेर आज ८५ रुपैयाँ पुगेको छ भने ५५ रुपैयाँ पर्ने सानो गोलभेडा ९तराई० को मूल्य ६५ रुपैयाँ तोकिएको छ । यता, हरियो सागको मूल्यसमेत बढेको छ । यसैगरी, यसअघि प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा पर्ने रायोको सागको मूल्य बढेर आज ६६ रुपैयाँ ६७ पैसा पुगेको छ भने ८६ रुपैयाँ ६७ पैसा तोकिएको पालूगो, चमसूर, सौफ र…

पुरा पढ्नुहाेस्

सरकारले तोक्यो चैते धानको मूल्य, प्रतिक्विन्टल मुल्य कति ?

चैत्र १६, काठमाण्डौँ । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०र८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

चैत्र १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । जवकि हिजो डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४…

पुरा पढ्नुहाेस्

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज

चैत्र १६, काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि विहीबार हुने तालिका भए पनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ क्यानले नयाँ तालिका सार्बजनिक गरेको थियो । जस अनुसार टी– २० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल त्रिवि मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ । नयाँ तालिका अनुसार अब नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी–२० खेल खेल्ने छ । त्यसै गरी अप्रिल…

पुरा पढ्नुहाेस्

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को नयाँ तालिका सार्वजनिक

चैत्र १६, काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच बिहीबार हुने ट्वान्टी–२० क्रिकेट खेल रद्द भएको छ । अघिल्लो दिनदेखि नै परेको वर्षाले मैदान भिजेका कारण दिउँसो १ बजे सुरु हुने खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरिएको थियो । निर्धारित तालिकाअनुसार आयरल्यान्ड ‘ए’ ले बिहीबार, शुक्रबार र आइतबार गरी तीन ट्वान्टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम थियो । बिहीबार खेल हुन नसकेपछि नेपाल क्रिकेट संघले नयाँ खेलतालिका निकालेको छ । जसअनुरुप अब शुक्रबार, शनिबार र सोमबार गरी तीन ट्वान्टी–२० खेल हुनेछ । आयरल्यान्ड ‘ए’ ले त्यसपछि नेपाल ‘ए’ सँग तीन एकदिवसीय खेल खेल्ने…

पुरा पढ्नुहाेस्

आजको मौसम : देशभर बदलीसँगै आइतबारसम्म वर्षा जारी रहने

चैत्र १६, काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दूई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित…

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

 चैत्र १५, काठमाण्डौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । गरिमा विकास बैंक लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले  विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहदै आएका थिए ।…

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

चैत्र १५, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श…

पुरा पढ्नुहाेस्

सिद्धि हाइड्रोको बिक्री प्रबन्धक मा सिटिजन्स क्यापिटल

चैत्र १५, काठमाण्डौँ । आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना…

पुरा पढ्नुहाेस्