अर्थमन्त्री पुनद्वारा बजेट लेखन मस्यौदा समिति गठन, भोलिदेखि नै काम सुरु हुने

चैत्र १६, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् । सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजस्व कार्यालयमा उपमहानिर्देशक छन् । समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको…

पुरा पढ्नुहाेस्

यी हुन् बिहीबारको मन्त्रिपरिषद बैठकका आठ निर्णयहरु

चैत्र १६, काठमाडौँ । सरकारले तथ्याङ्क नियमावली–२०८० लाई स्वीकृत गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले तथ्याङ्क नियमावली, २०८० लाई स्वीकृत गरेको हो । बैठकका निर्णय आज सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरेको बताइन् । उनकाअनुसार सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गरेको छ । त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम सरकारमा नाउपाका ५ सांसद : मन्त्री छोड्न अध्यक्ष रञ्जिताको लिखत निर्देशन !

चैत्र १६, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छिन् । शुक्रबार अध्यक्ष रञ्जिताले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न लिखित निर्देशन दिएकी हुन् । टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनी समेत दिएकी थिईन् । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशनमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ सांसद मन्त्री बनेका छन् ।

पुरा पढ्नुहाेस्

नेपाल आयरल्याण्ड वुल्भ्ससँग पराजित

चैत्र १६, काठमाडौँ । आयरल्याण्ड वुल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी–२० सिरिजको पहिलो खेलमा आयरल्यांड वुल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो । आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अलआउट हुदै २०१ रन बनायो । नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए। नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको हो । त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए…

पुरा पढ्नुहाेस्

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

चैत्र १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

पुरा पढ्नुहाेस्

लगानी सम्मेलन प्रदेशका नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गरिने

चैत्र १६, काठमाडौँ । आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय ठूला योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिएका हुन् । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश…

पुरा पढ्नुहाेस्

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

चैत्र १६, काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद पदको निलम्बन फुकुवा गर्न शुक्रवार आदेश दिएको हो । वरिष्ठ अधिवक्ता यदुनाथ खनालका अनुसार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गरेको हो । श्रममन्त्री हुँदाको एक मुद्दालाई आधार मानेर उनीविरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्धको मुद्दा विचाराधीन भएकाले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि…

पुरा पढ्नुहाेस्

पाल्पामा पधेंरो हिंडेकी युवतीको हँसिया प्रहार गरी हत्या, युवक पक्राउ

चैत्र १६, पाल्पा । पाल्पामा पधेंरो हिंडेकी युवती पदमा सुनारको बीभत्स हत्या आरोपमा पक्राउ परेका सागर भन्ने देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ युवती पदमा सुनारको वीभत्स हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरी समक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् । उनका…

पुरा पढ्नुहाेस्

सर्वोच्चको आठ बुँदे आदेश : पशुपति क्षेत्रमा गाडी चल्न नदिने देखी शव गाड्ने वैकल्पिक ठाउँ खोजिने

चैत्र १६, काठमाडौँ । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि सवारी साधन गुड्ने सबै बाटो बन्द गर्न आदेश दिएको छ । गत माघ ७ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दिएको आदेशको हालै सार्वजनिक पूर्णपाठमा उक्त कुरा उल्लेख छ । हेर्नुस् आठ बुँदे निर्देशनात्मक आदेश१. पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने गरी तिलगंगा गोठाटार ताम्रगंगा जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारीसाधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्नू। उल्लिखित…

पुरा पढ्नुहाेस्

‘जनताले आश गरेअनुसार नै बजेट आउँछ, अब आर्थिक क्षेत्रमा छलाङ मार्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

चैत्र १६, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् । मकवानपुरमा आज नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१र८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए । आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे…

पुरा पढ्नुहाेस्