गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात बन्द

बैशाख ८, काठमाण्डौँ । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटंकी नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटंकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको…

पुरा पढ्नुहाेस्

पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको मृत्यु, ८० बढी घाइते

बैशाख ८, काठमाडौँ । गत हप्तादेखिको भारी वर्षाले पाकिस्तानका केही भागहरूमा विनाश जारी राख्दा कम्तीमा ८७ जनाको मृत्यु भएको छ । साथै अन्य ८० जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षाले देशभर २ हजार ७१५ घरमा आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ । संरचना भत्किएको, चट्याङ परेर र बाढीका घटनामा अधिकांशको ज्यान गएको छ । अधिकांश क्षति र निधन देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ ३६ जनाको ज्यान गएको छ र ५३ जना घाइते भएका छन् । यस अवधिमा पाकिस्तान नियन्त्रित…

पुरा पढ्नुहाेस्

गण्डकीमा मन्त्री परिषद् बिस्तार : चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मा

बैशाख ८, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा नै मन्त्रीको शपथ लिएका थिए ।

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने

बैशाख ८, काठमाण्डौँ । गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि संसद बैठक बोलाएका हुन् । सरकारले संसद बैठक बोलाए पनि अहिलेसम्म कुनै ‘विजनेश’ नदिएको सभामुख कृष्णप्रसाद धितालले बताए । ‘अहिलेसम्म सरकारले कुनै विजनेश दिएको छैन, दलका नेताहरू आउनु भयो भने कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर संसदको कार्यसूची बनाउँछौं,’ उनले सुनाए । मुख्यमन्त्री नियुक्तिको विवाद नटुंगिकन संसद बैठक बोलाएको भन्दै कांग्रेसले असहमति जाहेर गरेको छ ।

पुरा पढ्नुहाेस्

‘हामीलाई कसैले सानो नसोचे हुन्छ, नत्र राजनिति उथल–पुथल पारिदिन्छु’ : माधव नेपाल

बैशाख ८, काठमाण्डौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्‍यो भने देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमानदेखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकाले आफू र आफना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् । गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदिमा नवनिर्मित मधेश प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन्…

पुरा पढ्नुहाेस्

रञ्जितालाई रेशमले फेरि लेखे अर्को पत्र : मिल्दा मनैले मिलौं, छुटिंदा पनि जग नहँसाई छुटौं

बैशाख ८, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष पत्नी रञ्जिता चौधरी श्रेष्ठलाई सम्झाउँदै फेरि अर्को पत्र लेखेका छन् । यसअघि पनि उनले पार्टी विवादको विषयलाई लिएर पत्र लेखेका थिए । नाउपा संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमार्फत छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबीच चरम विवाद छ । यस विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको पत्रमा उल्लेख गरेका छन् । नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रञ्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी…

पुरा पढ्नुहाेस्

धादिङमा मध्यराति काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा युवक फेला

बैशाख ८, धादिङ । धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक युवक फेला परेका छन् । नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् । निर्माणाधीन झार्लाङ गिलिङ्चो गुम्बामा गए राति करिब १ बजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । ‘घाँटीको रुद्रीघण्टी आराले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकाले बोल्न सक्दैनन् । घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ’ उनले भने । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका…

पुरा पढ्नुहाेस्

गुल्मीको जंगलमा लागेको आगो विद्युत सवस्टेशनमा पुग्दा करोडौंको क्षति

बैशाख ८, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सवस्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर ४ बिरबास स्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सव(स्टेशन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए । शवस्टेशन क्षेत्रमा आगो निभाउने कार्यमा लागि परेकाले अहिलेलाई अनुमानित डेढ करोड बराबरको तार जलेर नष्ट भएको अनुमान गरिएको पोखरेलले उनको भनाइ छ। जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले त्यस स्थानमा सामाग्री राखिएको थियो । आगोलागी नियन्त्रणका लागि…

पुरा पढ्नुहाेस्

जनावरको कच्चा दूधमा पनि बर्डफ्लुको भाइरस फेला

बैशाख ८, काठमाडौँ । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ । अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्डफ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, यो भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ । एभियन इन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ पहिलो पटक १९९६ मा देखा परेको थियो । तर संक्रमित स्तनधारी जनावरहरूको संख्यामा वृद्धिसँगै २०२० पछि चराहरूमा प्रकोपको संख्या द्रुत रूपमा बढेको छ । जसका कारण लाखौं पशुपंक्षीहरु संक्रमित भएका छन्…

पुरा पढ्नुहाेस्

एमालेको प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

बैशाख ८, काठमाडौँ । सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज देखि शुरु हुँदैछ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ । यस बैठकमा २,४५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए । बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए ।

पुरा पढ्नुहाेस्