नेपाल पत्रकार महासंघले आज ६९औँ स्थापना दिवस मनाउँदै

चैत्र १६, काठमाडौँ । नेपाल पत्रकार महासंघले आज ६९ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।

पुरा पढ्नुहाेस्

न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु

चैत्र १६, काठमाडौँ । न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गएको एनआएएनए न्यूजिल्याण्डका प्रवक्ता रामहरि पाण्डेले जानकारी दिए । उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ। एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ। त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ । सर्विरयाका श्रीमति र एक छोरा र एक छोरी नेपालमै रहेको पनि…

पुरा पढ्नुहाेस्

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौँ महानगरको निर्देशन

चैत्र १६, काठमाडौँ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।

पुरा पढ्नुहाेस्

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

चैत्र १६, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ ९संशोधनसहित०को दफा २ को खण्ड ङ १ बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ । अनधिकृत तवरले स्थानीय तहहरुले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने चेतावनीसहित प्राधिकरणले सरोकारवाला निकायलाई बक्यौता रकम तिर्न भनेको छ ।

पुरा पढ्नुहाेस्

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

चैत्र १६, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

पुरा पढ्नुहाेस्

बीमा कम्पनीको लगानी बढाउन प्राधिकरणको खुकुलो नीतिले कस्तो प्रभाव पार्ला ?

काठमाण्डौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने गरी नयाँ नीति ल्याएको छ ।प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी गर्दा राख्नुपर्ने प्रोभिजनीङ वितरणयोग्य नाफाबाट लगानी रकम घटाउने सर्तलाई खुकुलो बनाएर कम्पनीहरुलाई प्रोत्साहन गरेको हो । बीमा कम्पनीले लगानी गरेको जलविद्युत्, पर्यटन, वायुसेवा, कृषि, स्वास्थ्य, घरजग्गा, शिक्षा सम्बन्धी कम्पनी लगानी गरेको तीन वर्ष भित्र धितो पत्र बजार अहिलेको नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेमा सुचीकृत नभएमा शतप्रतिशत रकम वितरण योग्य नाफाबाट घटाउने अर्थात् प्रोभिजनीङ गर्नुपर्ने व्यवस्था थियो । उक्त कडा नीतिका कारण बीमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा लगानी बढाउन…

पुरा पढ्नुहाेस्

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा किन रोक लगाइयो ?

चैत्र १६, काठमाडौँ । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको जानकारी दिए । “त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी…

पुरा पढ्नुहाेस्

काउली र कुरीलोको भाउ घट्दा महँगियो गोलभेडादेखि हरियो सागसम्म, हेर्नुस् मूल्यसूची

चैत्र १६, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार काउली, कुरीलोलगायतका तरकारीको भाउ घट्दा गोलभेडादेखि हरियो सागसम्मको मूल्य बढेको छ । यसअघि प्रतिकेजी ७५ रुपैयाँ पर्ने टनेल गोलभेडाको भाउ बढेर आज ८५ रुपैयाँ पुगेको छ भने ५५ रुपैयाँ पर्ने सानो गोलभेडा ९तराई० को मूल्य ६५ रुपैयाँ तोकिएको छ । यता, हरियो सागको मूल्यसमेत बढेको छ । यसैगरी, यसअघि प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा पर्ने रायोको सागको मूल्य बढेर आज ६६ रुपैयाँ ६७ पैसा पुगेको छ भने ८६ रुपैयाँ ६७ पैसा तोकिएको पालूगो, चमसूर, सौफ र…

पुरा पढ्नुहाेस्

सरकारले तोक्यो चैते धानको मूल्य, प्रतिक्विन्टल मुल्य कति ?

चैत्र १६, काठमाण्डौँ । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को हिजो बैठकले चालु आर्थिक वर्ष २०८०र८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतन समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

चैत्र १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । जवकि हिजो डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४…

पुरा पढ्नुहाेस्