साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

बैशाख ४, पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले पुष्टि गरे । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।

पुरा पढ्नुहाेस्

मधेश सरकारबाट बाहिरियो लोसपा, विश्वासको मतसमेत नदिने

बैशाख ४, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख ४, काठमाण्डौँ । यो दिन पनि गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ । यस्तै सूर्यज्योति लाइफको ७ करोड ४३ लाख,पोखरा फाइनान्स ६ करोड ६८ लाख,सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख र शिवम् सिमेन्टको ४ करोड ४७ लाख बढीको सेयर कारोबार भएको छ । आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्यो । यो दिन ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ४.०४ प्रतिशतले बढ्यो । आज…

पुरा पढ्नुहाेस्

नेप्से पुनः २ हजार विन्दु तल, बजार राताम्मे हुँदा कारोबार रकम कति ?

बैशाख ४, काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६३ प्रतिशतले घटेर ३५३.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर २ अर्ब १० करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । बैंकिङ समूह ०.४१…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम प्रदेश सरकार : एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता

बैशाख ४, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका लागि दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । योसँगै मुख्यमन्त्री नियुक्तिमा नयाँ मोड आएको छ । यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनेका थिए । यसपछि कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरी र नेकपा एमाले तथा नेकपा माओवादीको समर्थनमा सोही पार्टीका कैलाश…

पुरा पढ्नुहाेस्

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ,अमेरिकी डलरको नयाँ कीर्तिमानी उचाई !

काठमाडौं । आज अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी बनायो । मंगलबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च हो । सोही दिनका लागि खरिद दर भने १३३ रुपैयाँ २३ पैसा कायम भएको छ । पछिल्लो समय डलरको भाउ महँगीरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण…

पुरा पढ्नुहाेस्

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

बैशाख ४, काडमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैशाख ३ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार…

पुरा पढ्नुहाेस्

कालोसूचीमा पर्ने ऋणीको संख्या थपिँदै, ९ महिनामै ३५ हजार !

बैशाख ४, काठमाडौँ । कालोसूचीमा पर्नेको संख्या बढ्दो नै छ । नौं महिनामा साढे ३५ हजारभन्दा बढी व्यक्ति तथा फर्म ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा महिनामा ३५ हजार ६०२ व्यक्ति तथा फर्मलाई कालोसूचीमा राखेको हो । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा नै छ । आर्थिक शिथिलताका कारण नै यो क्रम बढ्दो देखिएको हो । अझै पनि आर्थिक गतिविधि बढ्न सकिरहेको छैन । आर्थिक सङ्कुचनकै कारण आम मानिसको…

पुरा पढ्नुहाेस्

महालेखापरीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदन

बैशाख ४, काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए । प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

पुरा पढ्नुहाेस्

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु

बैशाख ४,काठमाडौँ । वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट शुरु हुने यो यात्रा लगनटोलमा गएर टुङ्गिन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन अपराह्न केलटोलमा रहेको जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालानिर अग्लो रथ बनाइएको स्थानमा पुर्‍याइन्छ । त्यहाँबाट सेतो मच्छिन्द्रनाथलाई विधि पुर्‍याएर खटबाट निकालेर ३२ हात अग्लो रथमा राखी तानेर रथयात्रा शुरु गरिन्छ । आज पहिलो दिन घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटोल…

पुरा पढ्नुहाेस्