गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

 चैत्र १५, काठमाण्डौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । गरिमा विकास बैंक लिमिटेडको बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले  विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहदै आएका थिए ।…

पुरा पढ्नुहाेस्

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

चैत्र १५, काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श…

पुरा पढ्नुहाेस्

सिद्धि हाइड्रोको बिक्री प्रबन्धक मा सिटिजन्स क्यापिटल

चैत्र १५, काठमाण्डौँ । आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना…

पुरा पढ्नुहाेस्

राष्ट्रिय भूमि आयोग विघटन गरेकोमा ६ किसान संगठनको ध्यानाकर्षण

चैत्र १५, काठमाण्डौँ । भूमि बैंक र राष्ट्रिय भूमि आयोग विघटन गरेकोमा ६ कम्युनिष्ट पार्टी निकट किसान संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैंकजस्तो नवउदारवादी कार्यक्रम समावेश भएकोमा नेपालका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिष्ट पार्टी निकट किसान संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्…

पुरा पढ्नुहाेस्

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

चैत्र १५, काठमाण्डौँ । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ ।  मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको हो । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देश विचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताए । भेटमा मन्त्री चौधरीले भने,‘यो वर्ष हामीले कूटनीतिक सम्बन्धको…

पुरा पढ्नुहाेस्

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन!

चैत्र १५, काठमाण्डौँ । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को “समसामयिक निबन्ध संग्रह ” पुस्तक विमोचन तथा उहाँ अध्यक्ष रहनुभएको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ्य ग्रहण गर्नुभएको थियो भने विविध क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को बाक्लो उपस्थिति रहेको थियो। गोष्ठी तथा कार्यक्रम बीच डा. मुक्ति सिंह लामा तथा डा.तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेका थिए भने कार्यक्रमको होस्टिङ अन्जु…

पुरा पढ्नुहाेस्

आज धेरै कारोबार गर्ने कम्पनीहरु कुन-कुन छन् ?

चैत्र १५, काठमाण्डौँ । आज सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १९ करोड २४ लाख बढीको सेयर कारोबार भयो । गोर्खाज फाइ्रनान्सको १५ करोड ९५ लाख बढीको सेयर कारोबार भएको आज शिवम् सिमेन्टको १५ करोड ३२ लाख,सोनापुर मिनरल्सको ११ करोड १७ लाख र पिपुल्स पावरको ६ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ । आज विन नेपाल लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९७ प्रतिशतले बढेको छ । यो दिन हिमालयन हाईड्रोपावरको सेयरमूल्य ८.२२ प्रतिशत,सामलिङ पावरको…

पुरा पढ्नुहाेस्

आज सेयर बजारमा सुधार, कारोबार रकम कति ?

चैत्र १५, काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा ८ वटा उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड २४ लाख २० हजार रुपैया बराबरको कारोबार भएको…

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

चैत्र १५, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् । नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् ।

पुरा पढ्नुहाेस्

‘संघर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

चैत्र १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै संघर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा भरोसा जगाउनेगरी सेवा प्रवाहमा ध्यान दिन निर्देशनसमेत दिए । अनुगमन तथा मूल्यांकनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने बताए । उनले राष्ट्रिय…

पुरा पढ्नुहाेस्