दिपेन्द्र सिंह ऐरीको आइसीसी बरियतामा छलाङ

बैशाख ५, काठमाडौँ । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेका छन् । आइसीसीको पछिल्लो बरियतामा दिपेन्द्रले १४ स्थानको छलाङ मार्दै टि–२० अलराउण्डरतर्फ ११ औं स्थानमा आइपुगेका छन् । ऐरीसँगै नेपालका आसिफ शेख पनि ३६ स्थान सुधार गर्दै ब्याटरतर्फको बरियतामा ७५ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल पनि अलराउण्डरतर्फ ५ स्थान सुधार गर्दै २७ औं स्थानमा उक्लिएका छन् ।

पुरा पढ्नुहाेस्

टिआरसी विधेयक संशोधन गर्न समिति गठन गर्नुपर्ने द्वन्द्वपीडितको माग

बैशाख ५, काठमाडौँ । द्वन्द्वपीडित समूदायले संसदमा पेस भएको संक्रमणकालीन न्याय टिआरसीसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गरेका छन् । बुधबार काठमाडौंमा ‘द्धन्द्धकालीन मुद्दाहरुमा लैंगिक सरोकारलाई सम्बोधन गर्ने सम्बन्धमा संचारमाध्यमको भूमिका’ विषयक छलफल कार्यक्रमा द्धन्द्धपीडित समूदायका संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसोधन गर्न आयोग गठनको प्रत्रिया अगाडि बढाउन माग गरेका हुन् ।

पुरा पढ्नुहाेस्

गण्डकीमा शुक्रबार ३ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान

बैशाख ५, काठमाडौँ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

पुरा पढ्नुहाेस्

बैशाख १५ उपनिर्वाचन : इलाम र बझाङमा पठाइयो मतपत्र

बैशख ५, काठमाडौँ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतपत्र पठाएको छ ।मतपत्र आज पठाइएको आयोगले जानकारी दिएको छ । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति र बझाङका लागि उपनिर्वाचनका लागि ६८ हजार मतपत्र पठाइएको हो ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा फेरि लडाईँ : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नस्वीकार्ने

बैशाख ५, धनगढी । सत्ता गठबन्धनको संकट टरेको अनुमान भइरहेका बेला सुदूरपश्चिममा फेरि अर्को किचलो शुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति एक दिनमै भत्केको छ । सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति रेशम पक्ष र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको विकल्प खोजेको छ । एमालेले सोडारीको विकल्प खोज्नु पर्ने अडान राखेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रोकिएको छ । ‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनकाविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा छ । अख्तियारले मुद्दाको…

पुरा पढ्नुहाेस्

सत्ता समीकरणको संकट : नेकपा एसको विद्रोह टर्‍यो

बैशाख ५, काठमाडौँ । सुदूरपश्चिमबाट शुरु हुन खोजेको सत्ता समीकरणको बिभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघिको आफ्नो निर्णय सच्याउँदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएसँगै सत्ता समीकरणको संकट टरेको देखिएको छ । सुदूरपश्चिममा यसअघि नाउपाका दुई सांसदले गरेको दाबि अस्वीकार गरिएको छ र विहीबारसम्म नयाँ दाबी पेश गर्न आव्हान भएको छ । अब एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले एमाले, माओवादी केन्द्रको समर्थनमा सरकारमा दाबि गर्ने तयारी गरेका छन् । सोडारीलाई नाउपाका कति…

पुरा पढ्नुहाेस्

सल्यान बस दुर्घटनामा १४ जना घाईते, चार जनाको अवस्था गम्भिर

 बैशाख ५, काठमाडौँ । दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका छन् । जसमा चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको हो । बस तुलसीपुर उपमहानगरपालिका ३८ बर्षिय पुर्ण रानाले चलाएको ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नविन थापाले जानकारी दिए । बस अनियन्त्रित भएर पुलको छेउबाट खोलामा खसेको छ । घाईते सबैलाई स्थानीय मेडिकलमा उपचारको लागि पठाईएको प्रहरीको भनाई छ ।

पुरा पढ्नुहाेस्

नेपालमा लगानी गर्न विश्व बैंक र वित्त निगमलाई अर्थमन्त्री पुनको आग्रह

बैशाख ५, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त डीएफआई परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेट गरेका हुन् । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् । आईडीए बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन आग्रह…

पुरा पढ्नुहाेस्

BREAKING : सल्यानमा बस दुर्घटना, थप जानकारी आउन बाँकी

बैशाख ५, सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बुझिएको छ । अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पुरा पढ्नुहाेस्

जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई नेपालको पत्र

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ ।

पुरा पढ्नुहाेस्