पैसा काट्यो तर एटीएमबाट आएन, कति दिनमा आउँछ फिर्ता ?

बैशाख ११, काठमाण्डौँ । कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्दा कुनै प्राविधिक समस्याले नगद निकाल्न नसक्दा कहिलेकाहीँ खाताबाट मौज्दात घट्न सक्छ । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा राष्ट्र बैंकले हिसाब मिलायनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन टी प्लस वान हिसाब मिलाउनुपर्छ । त्यस्तै कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटीएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिनभित्र हिसाब मिलाउनु…

पुरा पढ्नुहाेस्

पोलिसी सरेण्डर रकम फिर्ता गर्न जीवन बीमा कम्पनीहरुले नदिने ! कम्पनी नै डुब्ने डर बढ्यो !

बैशाख ११, काठमाण्डौँ । जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणलाई बीमालेख सरेण्डर गरेबापतको रकम बीमितलाई फिर्ता गर्न नसकिने लिखित जवाफ दिएका छन् । जीवन बीमक संघले पहिलो ३ वर्षभित्र बीमालेख समर्पण गरेबापत रकम सम्बन्धीत बीमितलाई फिर्ता गर्न नसकिने जवाफ पत्रमार्फत पेश गरेको हो । यसअघि संसदको सार्वजनिक लेखा समितिले गत पौष १२ गते नेपाल बीमा प्राधिकरणलाई ३ वर्षभित्रै बीमालेख समर्पण गर्ने बीमितलाई न्यूनतम सञ्चालन शुल्क २५ प्रतिशत रकम लिई बाँकी रकम सम्बन्धीत बीमितलाई फिर्ता गरिदिनु भन्ने निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनलाई आधार मानेर प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई यस…

पुरा पढ्नुहाेस्

ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

बैशाख ११, काठमाण्डौा । ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता स ाधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक श्री सुमन कुमारी जोशी ले हस्ताक्षर गर्नुभयो । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले…

पुरा पढ्नुहाेस्

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। ‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो। कार्यक्रमलाई प्रतिनिधि सभाकी उप(सभामुख ईन्दिरा राना मगरले दीप प्रज्ज्वल गर्दै उद्घाटन गरेकी थिइन्। विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ सहभागी रहेका थिए। प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए। सर्वोत्कृष्ट पप गीतको अवार्ड…

पुरा पढ्नुहाेस्

‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौँ : २०७२ सालको भूकम्पको सम्झनामा बृहत फोटो प्रदर्शनी

बैशाख ११, काठमाण्डौँ । नेपालमा २०७२ साल वैशाख १२ गते ११ः५६ बजे गोरखाको दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.९ म्याग्नेच्युुटको विनाशकारी भूकम्पको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन वैशाख १२ गते बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ । भनिन्छ एउटा फोटोले हजार शब्द बराबरको बयान गर्न सक्छ, त्यसैले गोरखा भुकम्प २०७२ साल वैशाख १२ लगायत विभिन्न समयमा डोटी, बझाङ्ग, जाजरकोट आदी स्थानमा गएका भूकम्पहरुबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी उक्त फोटो प्रदर्शनीमार्फत सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो । भूकम्पीय…

पुरा पढ्नुहाेस्

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

बैशाख ११, काठमाण्डौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ । साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र साल्पा सिलिछो गाउँपालिकाको संरक्षण तथा सह–आयोजनामा यही २०८० बैशाख ७ गते बिहान ६ः३० बजे  ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा र बिहान करिब ११ बजे नछुङ (धामी)…

पुरा पढ्नुहाेस्

धादिङको गजुरीमा केमिकल बोकेको ट्रकमा आगलागी

बैशाख ११, काठमाण्डौा । रूपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकल एकापसमा ठोक्किएर आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए ।

पुरा पढ्नुहाेस्

अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किँए, १० जनाको मृत्यु

बैशाख ११, काठमाडौँ । मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए । एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

काठमाण्डौको बाइसधारामा आजदेखि पाँच दिने मेला सुरु

बैशाख ११, काठमाण्डौँ । काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईंचो लागेको बताए ।

पुरा पढ्नुहाेस्

एकैदिन २७ सय घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

बैशाख ११, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य…

पुरा पढ्नुहाेस्