एकीकृत समाजवादीले असार १६ गतेदेखि महाधिवेशन गर्ने

बैशाख ६,काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाण्डौँ गर्ने निर्णय भएको उनले बताए । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उनको भनाइ छ ।

पुरा पढ्नुहाेस्

मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाए

बैशाख ६,मुस्ताङ। मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाएका छन् । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्ने यात्री बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङकाअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षको असोजदेखि चैतसम्मको सात महिनामै ११ जनाको ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । दुई हजार पाँच सय मिटर वा त्यो भन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ…

पुरा पढ्नुहाेस्

आँधी र बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त

बैशाख ६,काठमाडौँ । घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए । दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म…

पुरा पढ्नुहाेस्

दिपेन्द्र सिंह ऐरीको आइसीसी बरियतामा छलाङ

बैशाख ५, काठमाडौँ । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेका छन् । आइसीसीको पछिल्लो बरियतामा दिपेन्द्रले १४ स्थानको छलाङ मार्दै टि–२० अलराउण्डरतर्फ ११ औं स्थानमा आइपुगेका छन् । ऐरीसँगै नेपालका आसिफ शेख पनि ३६ स्थान सुधार गर्दै ब्याटरतर्फको बरियतामा ७५ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल पनि अलराउण्डरतर्फ ५ स्थान सुधार गर्दै २७ औं स्थानमा उक्लिएका छन् ।

पुरा पढ्नुहाेस्

टिआरसी विधेयक संशोधन गर्न समिति गठन गर्नुपर्ने द्वन्द्वपीडितको माग

बैशाख ५, काठमाडौँ । द्वन्द्वपीडित समूदायले संसदमा पेस भएको संक्रमणकालीन न्याय टिआरसीसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गरेका छन् । बुधबार काठमाडौंमा ‘द्धन्द्धकालीन मुद्दाहरुमा लैंगिक सरोकारलाई सम्बोधन गर्ने सम्बन्धमा संचारमाध्यमको भूमिका’ विषयक छलफल कार्यक्रमा द्धन्द्धपीडित समूदायका संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसोधन गर्न आयोग गठनको प्रत्रिया अगाडि बढाउन माग गरेका हुन् ।

पुरा पढ्नुहाेस्

गण्डकीमा शुक्रबार ३ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान

बैशाख ५, काठमाडौँ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् । शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

पुरा पढ्नुहाेस्

बैशाख १५ उपनिर्वाचन : इलाम र बझाङमा पठाइयो मतपत्र

बैशख ५, काठमाडौँ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम र बझाङमा मतपत्र पठाएको छ ।मतपत्र आज पठाइएको आयोगले जानकारी दिएको छ । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति र बझाङका लागि उपनिर्वाचनका लागि ६८ हजार मतपत्र पठाइएको हो ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा फेरि लडाईँ : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नस्वीकार्ने

बैशाख ५, धनगढी । सत्ता गठबन्धनको संकट टरेको अनुमान भइरहेका बेला सुदूरपश्चिममा फेरि अर्को किचलो शुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति एक दिनमै भत्केको छ । सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति रेशम पक्ष र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको विकल्प खोजेको छ । एमालेले सोडारीको विकल्प खोज्नु पर्ने अडान राखेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रोकिएको छ । ‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनकाविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा छ । अख्तियारले मुद्दाको…

पुरा पढ्नुहाेस्

सत्ता समीकरणको संकट : नेकपा एसको विद्रोह टर्‍यो

बैशाख ५, काठमाडौँ । सुदूरपश्चिमबाट शुरु हुन खोजेको सत्ता समीकरणको बिभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघिको आफ्नो निर्णय सच्याउँदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएसँगै सत्ता समीकरणको संकट टरेको देखिएको छ । सुदूरपश्चिममा यसअघि नाउपाका दुई सांसदले गरेको दाबि अस्वीकार गरिएको छ र विहीबारसम्म नयाँ दाबी पेश गर्न आव्हान भएको छ । अब एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले एमाले, माओवादी केन्द्रको समर्थनमा सरकारमा दाबि गर्ने तयारी गरेका छन् । सोडारीलाई नाउपाका कति…

पुरा पढ्नुहाेस्

सल्यान बस दुर्घटनामा १४ जना घाईते, चार जनाको अवस्था गम्भिर

 बैशाख ५, काठमाडौँ । दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका छन् । जसमा चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको हो । बस तुलसीपुर उपमहानगरपालिका ३८ बर्षिय पुर्ण रानाले चलाएको ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नविन थापाले जानकारी दिए । बस अनियन्त्रित भएर पुलको छेउबाट खोलामा खसेको छ । घाईते सबैलाई स्थानीय मेडिकलमा उपचारको लागि पठाईएको प्रहरीको भनाई छ ।

पुरा पढ्नुहाेस्