प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता सुरु भएको छ । मंगलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

पुरा पढ्नुहाेस्

‘अब हरेक स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने पूर्वाधार विकास गर्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

बैशाख १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ ।’ दाहालले प्रतिष्ठानको सेवालाई गुणस्तरीय बनाउन सरकारले थप ध्यान दिने उल्लेख गरेका छन् । ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।’ दाहालले भने ।

पुरा पढ्नुहाेस्

झापामा तीन जना चढेको मोटरसाइकललाई जीपले ठक्कर दिंदा सबैको मृत्यु

बैशाख १२, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो । विपरीत दिशाबाट आएको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए । तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए । मृतक…

पुरा पढ्नुहाेस्

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

बैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुईदिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल पुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन् । थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर उनीसँग भेटवार्ता गर्ने र त्यही विभिन्न सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहाेस्

गोरखा भूकम्पको ९ वर्ष पूरा

बैशाख १२, काठमाडौँ । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । यो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सोही दिनको…

पुरा पढ्नुहाेस्

कतारका अमिरसँग आज द्विपक्षीय भेटवार्ता, आजै स्वदेश फर्किने

बैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर आजै स्वदेश फर्कनेछन् । हिजो अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेट गरेका थिए । यसैगरी राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटलमा राजकीय भोजको आयोजना गरेका थिए ।

पुरा पढ्नुहाेस्

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

बैशाख १२, काठमाण्डौँ । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिनुभयो । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका…

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

बैशाख १२, काठमाडौँ। गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री बनाइएपछि प्रदेशसभामा पहिलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । पाण्डेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले चैत २८ मा अन्तरिम आदेश जारी गर्दै अधिकारीको सरकारलाई कामचलाऊ बनाइदिएको थियो ।

पुरा पढ्नुहाेस्

बुधबार कृष्ण भगवानको पूजा कसरी गर्ने ?

बैशाख १२, काठमाण्डौँ । हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी देवताको बार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले…

पुरा पढ्नुहाेस्

इलाम र बझाङको उपनिर्वाचन : प्रचारप्रसारको आज अन्तिम दिन

बैशाख १२, काठमाडौँ । यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन हो । निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ। इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

पुरा पढ्नुहाेस्