नेपालमा थप १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु !

Post Thumbnail

वैशाख २१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस