जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २१, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

वैशाख २१,काठमाण्डौ । जुम्लाको तिलागाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै रण बहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको उनीहरूको मृत्यु भएको हो ।

बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस