नेकपाका दुई केन्द्रीय सदस्य निलम्बन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख २२, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २२, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यद्वय उदयबहादुर चलाउने ‘दीपक’ र गुणराज लोहनीलाई निलम्बन गरिएको छ ।

सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको बताइएको छ । पर्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ध अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ध विष वमन गरेका कारण उनीहरूलाई निलम्बन गरिएको उल्लेख छ ।

‘अन्ततः पार्टी, एकीकृत जनक्रान्ति, पार्टी पद्धति र अनुशासनविरुद्ध अक्षम्य गल्ती गरेका कारण पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छ,’ प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस