सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७९ बैशाख २२, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस