सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौंमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २३, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आज काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छन् । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलक्षित सभा शुक्रबार काठमाडौंमा गर्न लागिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि सभा हुने काठामाडौंको मेयरका प्रत्याशी सिर्जना सिंहले जनाकारी दिइन । सभामा गठबन्धनमा आवद्ध शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो ।

गठबन्धनको चुनावी कार्यक्रमअन्तर्गत यसपछि शनिबार (भोलि) जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम संयुक्त सभा गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस