आज पहाडी भू–भागमा चट्याङसहित वर्षा हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २३, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं । हाल देशमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ । हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती, गणडकीका केही स्थानहरूमा एवं लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका अरू भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र  चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस