बैशाख ३० मा सार्वजनिक सवारी नचल्ने, मंगलबारदेखि सीमानाका बन्द

बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते सबै प्रकारको आन्तरिक यातायात बन्द गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा मतदान हुने दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द गर्न सरकारलाई भनेको हो ।

आयोगका अनुसार अत्यावश्यक बाहेकका सवारी साधनले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिएर चलाउनुपर्नेछ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमती पत्र लिनुपर्दैन ।

यस्तै, निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ । आयोगले वैशाख २७ गते राति १२ बजदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई भनेको छ ।

आयोगको सिफारिस अनुसार मन्त्रालयले मतदानको दिनको ४८ घण्टाअघिदेखि मतदानको कार्य नसकिएसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द गरिनेछ ।

संम्बन्धित समचार

Leave a Reply