मोरङको बेलबारीका मेयर उम्मेदवारको गाडीमा आगजनी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २३, काठमाडौँ । मोरङको बेलबारी नगरपालिकामा प्रमुख पदका उम्मेदवारको गाडीमा आगजनी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नगर प्रमुखका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको हो ।

बेलबारी–२ स्थित घरमै पार्किङ गरि राखिएको गाडीमा गएराति पौने २ बजे आगजनी भएको हो । आगजनीबाट गौतमले प्रचार प्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए ।

सिसिटिभी फुटेजमा एक व्यक्तिले आएर गाडीको अगाडी र पछाडी केही छर्किएर आगो लगाएको देखिएको धमलाले जानकारी दिए । आगो लगाउनेवित्तिकै छिमेकीले देखेर तत्काल निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक धमलाको भनाइ छ ।

उनका अनुसार सिसिटिभी फुटेजका आधारमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस