देशभरका सात सय ५३ पालिकामा कति जनाको पर्यो उम्मेदवारी ? महिलाको संख्या न्युन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २३, काठमाण्डौ । देशभरका सात सय ५३ पालिकामा हुने चुनावका लागि मेयर र अध्यक्षमा ६ हजार ३ सय ३० जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये मेयर र अध्यक्षमा तीन सय ८४ जना महिलाको उम्मेदवारी परेको छ । दुई सय ९३ नगरपालिकामा मेयरका लागि दुई सय २९ जना र चार सय ६० गाउँपालिकामा अध्यक्षका लागि एक सय ५५ जना महिला उम्मेदवार रहेका निर्वाचन आयोगको तथ्याङ्क छ ।

मेयरमा पुरुषको सङ्ख्या तीन हजार ९ रहेको छ भने अध्यक्षमा दुई हजार ९ सय ३७ रहेको छ । उम्मेदवार छनोट गर्दा दलहरुको प्राथमिकतामा पुरुष परेका छन् । महिलालाई उपेक्षा गरिएको तथ्याङ्कले देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस