कञ्चनजङ्घा हिमालमा भारतीय आरोहीको मृत्यु

बैशाख २३,काठमाडौँ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिए ।

चुचुरो पुग्ने क्रममा शारीरिक शक्ति कमजोर भएपछि साथमा रहेका गाइडले आधार शिविर फर्काउन खोज्दा नमानेपछि आरोहीको हाइ अल्टिच्युड ुलेकु लागेर मृत्यु भएको शेर्पाले जानकारी दिए ।

मृतकको शव आधारशिविर ल्याउने विषयमा छलफल सुरु भएको कम्पनीले जनाएको छ । आरोहणदलका अन्य सदस्यहरु मध्ये १९ जनाले सफल आरोहण गरी शुक्रबार साँझसम्म आधारशिविर फर्कने कम्पनीले जनाएको छ ।

यस महिना कञ्चनजङ्घामा भने सात आरोहण दलबाट ६८ जना आरोहीले आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।

यस्तै, नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहण दलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमति लिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply