देउवा र माधव नेपालबीच भेटवार्ता, गठबन्धनलाई अझै सशक्त बनाउनुपर्ने दुवैको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

२४ बैशाख, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पाँच दलीय गठबन्धनको जनकपुरमा हुने आमसभालाई सम्बोधन गर्न जानुअघि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउनेबारे उनीहरुबीच छलफल भएको जनाईएको छ । भेटमा अध्यक्ष नेपालले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनका उम्मेद्धवार विजयी बनाउनुपर्ने र यसको लागि सबैले इमानदारितापूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस