साझाका तीन बिजुली बस काठमाडौंमा, परीक्षणपछि सेवा थाल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २४, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख २४, काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस काठमाडौंंमा आइपुगेको छन् । पहिलो चरणमा ल्याइएका बिजुली बस ललितपुरको पुल्चोकस्थित आफ्नो पार्किङमा राखेको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भएका हुन् । चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ परीक्षण गरेपछि नेपालमा ल्याइएको ‘दी गो’ले जानकारी दिएको छ । सीएचटीसीएचओका बस नेपालमा ‘दी गो’ले ल्याएर बिक्री गर्ने गरेको छ ।

ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले आफ्नो ट्विटर ह्यान्डलमार्फत जानकारी दिएका छन् । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएपछि यी बसले काठमाडौंमा सेवा दिन थाल्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस