बैशाख २४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै मेहनतपछि गठबन्धन बनेको बताएका छन् । जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले गठबन्धनबाट पाँचै दलले फाइदा उठाउने समेत बताए ।
एमालेले सदनमा बहस गर्न नदिएर, मधेशको नागरिकतासम्बन्धी समस्या समाधान गर्न तयार नरहेकाले नागरिकता विधेयक छलफल हुन नपाएको प्रचण्डको तर्क थियो । प्रचण्डले गुठीका विषयमा पनि समस्या रहेको र गठबन्धनले जिते उक्त विषयमा पनि समाधान निकालिने दावी गरे ।