त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ भवनसहितको पार्किङस्थल बनाइयो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्ने पहल सुरु भएको छ ।

विमानस्थलमा ओर्लनेबित्तिकै ट्याक्सीचालकहरुको ज्यादती सहँदै आएका यात्रीलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउन पहिलो चरणमा ट्याक्सी पार्किङलाई व्यवस्थित बनाइएको छ ।

विमानस्थल कार्यालयले विमानस्थलको गेटनजिकै नयाँ भवनसहितको पार्किङस्थल बनाएको हो ।

पुरानो पार्किङस्थलमा भने अतिविशिष्ट व्यक्तिका लागि सवारी पार्किङ गर्ने स्थल बनाइएको छ ।

विमानस्थलभित्र छिर्नेबित्तिकै ट्याक्सी र हरियो नम्बरप्लेटका गाडीलाई नयाँ पार्किङ क्षेत्रमा गएर बस्नुपर्ने नियम बनाइएको छ ।

यात्री आइसकेपछिमात्र आगमन क्षेत्रमा गएर लिने र यात्री छाड्नुपर्ने भए सीधै प्रस्थान क्षेत्रमा पुगेर तत्कालै बाहिरिने व्यवस्था मिलाइएको छ ।

विमानस्थलभित्र छिरेका सवारीलाई बाहिरिन छुट्टै नयाँ रुटको व्यवस्था गरिएको छ ।

विमानस्थलका प्रहरी प्रमुख डीआइजी शेरबहादुर बस्नेतले पार्किङलाई व्यवस्थित बनाइएपछि सुरक्षा चुनौतीसमेत कम भएको बताए ।

विमानस्थल सन्चालन विभागका निर्देशक प्रतापबाबु तिवारीले विमानस्थलको पार्किङ व्यवस्थित गरिएसँगै विमानस्थलको सौन्दर्यसमेत बढेको बताए ।

विमानस्थल सुधार गर्न पार्किङलाई व्यवस्थित गरिएसँगै थप काम पनि भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस