निर्वाचनको समयमा पनि शेयर बजार ओरालो : यो साता नेप्से ११७ अंकले घट्यो, ४ अर्ब १८ करोडको कारोबार !

वैशाख २४,काठमाण्डौ । यो साता जम्मा तीन दिन खुलेको सेयर बजार ११७ अंकको गिरावट आएको छ । सोमबार बुधबार र बिहीबार खुलेको बजार तीनै दिन ऋणात्मक हुँदा बजार परिसूचक ११७.५७ अंकले घटेको हो । साताभर ११७ अंकले परिसूचक घट्दा बजार मापक २२३८.६३ अंकमा ओर्लिएको छ।

साताको पहिलो कारोबारको दिन सोमबारमा बजार परिसूचक ४९ अंकको गिरावट आएको थियो । सोमबार घटेको बजारमा बुधबारको कारोबारमा बढ्ने आशा गरेका लगानी कर्ताहरूलाई निराश पार्दै ३२ अंकले घट्न पुग्यो । साताको अन्तिम दिन बजार परिसूचक ३७ अंकले घट्दा साताभर बजार निरन्तर घट्न पुगेको थियो । निर्वाचनको समयमा बजार बढ्ने धेरैको आशा भएपनि शेयर बजारमा भने बाढी आएको छ ।

संम्बन्धित समचार

Leave a Reply