धनगढीमा आज सत्ता गठबन्धनको चुनावी सभा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २६, काठमाडौँ । बैशाख ३० मा गते हुने स्थानीय तहको निर्वाचन लक्षित सत्ता गठबन्धनको चुनावी सभा सोमबार कैलालीको धनगढीमा हुँदैछ ।

चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बधोन गर्ने तय भएको छ । यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरलगायत अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा सहभागी हुन देउवा आइतबार नै धनगढी पुगिसकेका छन् । सोमबार देउवाको गृहजिल्ला डडेल्धुरामा पनि चुनावी सभा हुनेछ । सोमबार धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।

देउवाको गृह प्रदेश रहेको यस क्षेत्रमा पार्टीको महाधिवेशनपश्चात पार्टीभित्र आन्तरिक किचलो रहेको छ । पार्टीको आन्तरिक द्वन्द्वकै कारण कांग्रेसको बलियो क्षेत्र मानिएको प्रदेशमा अहिले कमजोर देखिन थालेको आकलन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस