भरतपुरमा एक युवकको हत्या

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २६, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाडौँ । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । भरतपुर–७ स्थित कृष्णपुरको फुटबल मैदान नजिकै भरतपुर महानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय अनिल परियारको आइतबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।

उनलाई आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । ‘चिनजानकै साथीले बोलाएपछि उनी घरबाट निस्केका रहेछन्,’ डीएसपी अधिकारीले भने, ‘बोलाउने ती साथीको खोजी भइरहेको छ ।’

उनले घटनाको अनुसन्धान भइरहेकाले अहिले नै हत्याको कारण खुल्न नसकेको बताए । हतियार प्रहारपछि गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन । परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस