स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : प्रमुख आयुक्त थपलिया

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २६, सोमबार (२ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख २६, काठमाडौ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ। मतपत्र र अन्य सामग्री व्यवस्थापन गरी अधिकृतमार्फत सबै जिल्ला पठाइएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सबै कर्मचारीहरू २७ गतेसम्म मतदान केन्द्रमा पुग्ने छन् ।

२८ र २९ गते सर्वदलीय बैठक गर्ने मतदान केन्द्रको निर्माण गर्ने, नयाँ मतदाता परिचयपत्र वितरण गर्नेछ। वितरण गर्दा आएका नयाँ मतदातालाई मतदान अधिकृतको टोलीले आवश्यक मतदान गर्ने तरिका सिकाउनेछन्। बिहान ७–५ बजेसम्म मतदान हुनेछ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबै वडाका १र१ जना वडाअध्यक्ष, सबै वडाका ४र४ जना वडा सदस्य नगर महानगरको हकमा प्रमुख उपप्रमुख वडाध्यक्ष र वडा सदस्य गरी ७५३ वटा स्थानीय तहबाट ३५ हजार २ सय २१ उम्मेदवार निर्वाचित हुनेछन्।

१ करोड ९४ लाख मतपत्र
आयोगले निर्धारण गरेअनुसार १ करोड ९४ लाख मतपत्र छापे पनि यसपटक स्वतन्त्र उम्मेदवार धेरै उठेकाले पूर्वअनुमानले नपुग्ने अवस्था आएको सहायक प्रवक्ता अर्यालले बताए । ‘४३ वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको ठूलो संख्या भएकोले मतपत्र कम भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस