कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २७, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २७, काठमाडौं । हाल देशमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ । आज देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस