ग्वाटेमालामा ज्वालामुखी विस्फोट : २५ जनाको मृत्यू , ३०० भन्दा बढी घाईते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ २१, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ २१,काठमाडौँ । ग्वाटेमालाको फुएगो ज्वालामुखी विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ३०० जनाभन्दा बढी घाइते भएका छन् । राजधानी ग्वाटेमाला सिटीभन्दा ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको ज्वालामुखीले लाभासहित ढुंगा, कालो धुवा र खरानी फालिरहेको छ ।

नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सी (कोनरेड) का अनुसार ज्वालामुखीबाट निस्किएको लाभाको नदी एल रोडियो नामक गाउँमा पसेको थियो जहाँ घरभित्र रहेका मानिसहरु जलेका थिए ।
ग्वाटेमाला सिटीमा ला अउरोरा विमानस्थल खरानीका कारण बन्द गरिएको छ । राष्ट्रपति जिमी मोरालेसले उद्दार कार्य जारी रहेको बताएका छन् ।

सन् १९७४ पछिको यो सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट हो ।
कोनरेडका प्रमुख सर्जियो काबानासले आफ्नो धार बदल्दै एल रोडेयो गाउँमा बसेको थियो ।

‘ओभरफ्लो भएर लाभाको ठूलो धार एल रोडेयो गाउँमा पसेको छ । त्यहाँ घाइते, जलेका र मृतकहरु रहेका छन्,’ उनले भने ।

‘लाभाको कारण हामी अझै ला लिबेरटाड गाउँमा पुग्न सकिरहेका छैनौँ । त्यहाँ पनि हताहती हुन सक्ने सम्भावना रहेको छ,’ उनले भने । मृत्यु भएकामा धेरै बालिबालिकाहरु रहेका छन् ।

ज्वालामुखी विस्फोटबाट १७ लाख मानिसहरु प्रभावित भएको सरकारले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस