तुलसीपुर उपमहानगरमा आज मनोनयन दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २८, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको आइतबार राति मृत्यु भएको थियो । त्यहाँ वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस