कस्तो रहनेछ आगामी तीन दिनको मौसम

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २८, काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुसँगै पश्चिम(मध्य बंगालको खाडीमा रहेको असानी चक्रवात प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ का केही स्थानमा मेघगर्जनसिहत वर्षा भइरहेको र देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बुधबार दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस