बुटवलमा सटर फोडेर सुन चोरी गर्ने समूह पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख २८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २८, बुटवल । रुपन्देहीको बुटवलस्थित एक सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत जौहरी मोहल्ला लखनउका ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहारका २५ वर्षीय मोहद जिशान खान र भारत तकिया लखनउका २२ वर्षीय मो सारिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त समूहले वैशाख १२ गते राति बुटवल उपमहानगरपालिका ६ विपी चोकस्थित डिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलको सटर र पसलभित्रको लकर फोडेर सुन, तयारी गहना र नगदसमेत गरि पाँच करोड बढी चोरेर भागेका थिए । उनीहरुलाई सोमबार साँझ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ४ महुवारीस्थित खुनगाई-कालीदह सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

प्रहरीलाई शंका लागेपछि भारतीय नम्बर प्लेट यूपी ३२ एलडब्लु ३१५१ गाडी चेकजाँच गरि उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले उनीहरुका साथबाट १०र१० ग्रामको सुनको बिस्कुट २ थान, २० ग्रामको सुनको बिस्कुट १ थान, गरगहना गालेर डल्लो बनाएको सुनको ढिक्का १ थान, सुनको पैसाको सिक्का आकारको गोलो १ थान, मोबाइल ३ थान, नगद भारतीय रुपैयाँ ६ हजार, आधार कार्ड, एटिएम कार्ड फेला पारेको छ ।

पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस